कर्णाली प्रदेश सरकारद्वारा एक वर्षमा ९५ किलाेमिटर सडक कालाेपत्र
चैत २८, २०८१ बिहिबार
काठमाण्डाै – आज बिहान म्याग्दी र बाग्लुङमा भूकम्प गएको छ । बिहान ३ बजेर १४ मिनेटमा म्याग्दीको मुरी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
म्याग्दीमा भूकम्पको धक्का महसूस भएको ३ घण्टापछि बाग्लुङमा पनि भूकम्प गएको हो । केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेटमा बाग्लुङको खुखानीलाई केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि गएको १६ गते सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।