कर्णाली प्रदेश सरकारद्वारा एक वर्षमा ९५ किलाेमिटर सडक कालाेपत्र
चैत २८, २०८१ बिहिबार
काठमाण्डाै – लागूऔषधको कारोबार र प्रयोगलाई रोकथाम गर्न चुनौतीपूर्ण बन्दै गएको छ । पढ्न वा घरबाहिरको काम गर्न जाने बहानामा कुलतमा फसेका साथीभाइको सङ्गतमा लागेर युवायुवती एवम् वयस्क व्यक्ति लागूऔषधको कुलतमा फस्ने घटना बढ्दै गएका छन् ।
पछिल्लो पटक देशका विभिन्न ठाउँबाट लागूऔषधसहित १० जना पक्राउ परेका नेपाल प्रहरीको विवरण छ । त्यस्तै कैलालीमा एकैदिन १२ जनासम्म लागूऔषधसहित पक्राउ परेको पनि पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले घरपरिवारमा बिग्रेको सम्बन्ध, छोराछोरीप्रति अभिभावकले गर्नुपर्ने निगरानीमा कमी, सामाजिक सञ्जालको दुरुपयोग, गलत साथीसङ्गतलगायतका कारण धेरै युवा कुलतमा फस्ने गरेका बताउनुभयो ।
लागूऔषधको सेवन र ओसारपसारमा पक्राउ पर्नेमध्ये धेरै युवा रहेका प्रहरीको तथ्याङ्कले देखाउँछ । युवाहरू लागूऔषध दुर्व्यसनमा फस्ने तर अभिभावक भने बेखबरजस्तै बन्ने हुँदा समस्या जटिल बन्दै गएको प्रहरीको अनुभव छ ।
आफ्ना छोराछोरीको दैनिक गतिविधि र आनीबानीमा विशेष ख्याल गर्न अभिभावकलाई प्रहरीको आग्रह छ । बेलाबखत हुने गरेका अपराधिक घटनामा लागूऔषध सेवनकर्ताको संलग्नता देखिने गरेको र यसले सुरक्षा चुनौती पनि थपिएको प्रहरीको भनाइ छ ।
लागूऔषधको ओसारपसार र प्रयोग रोकथाम एवम् न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रम, विद्यालयमा छुट्टै कक्षा सञ्चालन, समुदायमा अन्तरक्रियालगायतका कार्यक्रम गर्ने गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले बताउनुभयो । त्यस्तै काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले अघिल्लो हप्तादेखि लागूऔषधविरुद्धको महाअभियान नै सञ्चालन गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।