आईपीएल क्रिकेटमा आज चेन्नई र बेङ्गलुरु खेल्दै
चैत १५, २०८१ शुक्रबार
काठमाण्डौ – सरकारले साँझको समयमा २३० मेगवाट बिजुली दिन भारतसँग आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फ भारत सरकारलाई औपचारिक आग्रह गरेको हो ।
दैनिक २० घण्टासम्म करिब ६०० मेगावाट बिजुली आयात गरेर आन्तरिक माग पूरा गरिरहेको नेपाललाई भारतले गएको सोमवारदेखि सोलार आवर अर्थात बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्रै बिजुली आयात अनुमति दिएको छ । साँझमा आयात रोकिएपछि उद्योगहरुमा लोडसेडिङ हुन थालेको छ ।
सरकारले उद्योगहरुमा लोडसेडिङ भएको र यसले अर्थतन्त्रमा समेत नकारात्मक असर पारेको भन्दै भारतलाई बिजुली पठाइदिन आग्रह गरेको हो । नेपालको धेरै जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदको उत्पादन ३० प्रतिशतभन्दा तल झर्छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार हिउँदमा १६०० मेगावाट बिजुलीको औसत माग छ । हिउँदमा १००० मेगावाटभन्दा कम आन्तरिक उत्पादन हुन्छ ।
यसैबीच निजी क्षेत्रका दुई व्यवसायिक संस्थाले उद्योगहरुमा विद्युत कटौती नगरी तत्काल नियमित गर्न सरकारसँग अनुरोध गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले विज्ञप्ति निकालेर अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरुमा लोडसेडिङ्ग गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।