नेप्सेको सीईओमा नारद लुइँटेल नियुक्त
चैत १२, २०८१ मंगलबार
काठमाण्डाै – नेपालमा केही वर्षदेखि मौसम पूर्वानुमान मिल्ने क्रम बढे पनि पूर्वचेतावनी प्रणाली कमजोर छ । ठूलो पानी पर्ने, हावाहुरी चल्नेजस्ता पूर्वानुमानहरू सही सावित हुँदै गर्दा त्यसबाट भइरहेको क्षति घटाउन सकिएको छैन ।
सामान्यतया पूर्वानुमान भइसकेपछि पूर्वचेतावनी भएर क्षति घट्नुपर्ने हो । तर एकाध घटनाबाहेक धेरैजसोमा पूर्वानुमानकै बीच जनधनको क्षति बढिरहेको छ । त्यसो हुनुमा पूर्वचेतावनी प्रणाली सुदृढ नहुनु हो ।
विपद् विज्ञ डा. वसन्तराज अधिकारी नेपालमा पूर्वचेतावनीको अभावले क्षति अत्यधिक हुने गरेको बताउनुहुन्छ । बाढी, पहिराेलगायत केही प्रकोपका पूर्वचेतावनी जारी भए पनि त्यो पर्याप्त छैन । हावाहुरी, असिना, चट्याङ, पहिरो, हिमनदी विस्फोटलगायतका जोखिमहरूमा भने पूर्वचेतावनी नगन्य मात्रै छ । दिइएका चेतावनी पनि निश्चित ठाउँ नभई क्षेत्र तोकिएका हुन्छन् । यसले अलमल बढाउँछ ।
सूचना प्रवाहका साधनको कमी, प्रविधिको अभाव र जनचेतनाको कमीका कारण दिइएका चेतावनीहरू प्रायः प्रभावकारी रूपमा सबैसम्म पुर्याउन सकिएको छैन ।
नेपालमा पूर्वचेतावनी प्रणालीलाई बलियो बनाउन पूर्वानुमान स्टेशनहरू स्थापनासँगै सूचना प्रवाहको सञ्जाललाई पूरा गाउँसम्म विस्तार गर्नु आवश्यक रहेको विपद् विज्ञ डा. अधिकारी बताउनुहुन्छ । स्मार्टफोन र रेडियोजस्ता प्रविधिहरूको माध्यमबाट सूचना नागरिकसम्म पुर्याउने कामलाई प्राथमिकता दिनुपर्छ ।
यस वर्षको मौसम विज्ञान दिवसको नारा पनि सँगै मिलेर प्रारम्भिक चेतावनीको खाडल बन्द गरौँ भन्ने रहेको छ । हरेक वर्ष मार्च २३ मा मनाइने मौसम विज्ञान दिवसका अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रम भइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।