सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलन काठमाण्डौमा शुरू

 चैत १४, २०८१ बिहीबार १२:२८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ –  सङ्क्रमणकालीन न्यायसम्बन्धी  राष्ट्रिय सम्मेलन काठमाण्डौमा शुरू भएको छ । सम्मेलनको प्रमुख राजनीतिक दलका तीन शीर्ष नेताहरूले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार’ सम्बन्धी राष्ट्रिय सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा संयुक्त राष्ट्रसङ्घकी आवासीय प्रतिनिधि हाना सिंगर, सांसद, द्वन्द्वपीडितका प्रतिनिधिलगायत सहभागी छन् ।

गएको आइतवार मात्रै सङ्क्रमणकालीन न्याय (टीआरसी)  टुङ्ग्याउन सर्च कमिटी गठन गर्ने दलहरूबीच सहमति जुटेको थियो । यही सहमतिअनुसार सोमवार बसेको मन्त्रिपरिषद् बैठकले ओम प्रकाश मिश्रको अध्यक्षतामा कमिटी गठन गर्ने निर्णय गरेको थियो ।

अन्तिम अपडेट: चैत १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया