आवश्यक परे अमेरिकी करको बदला लिने योजना छ : ईयू प्रमुख
चैत १९, २०८१ मंगलबार
म्यानमारमा भूकम्पबाट भत्किएको घरमा पुरिएका चार जनाको ६० घण्टापछि उद्धार भएको छ ।
गएको शुक्रवार ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पका कारण उत्तरी सागाइमा भत्किएको घरबाट उनीहरूको उद्धार भएको बीबीसीले जनाएको छ । यसअघि एउटा भत्किएको अस्पतालबाट ३६ घण्टापछि एक महिलाको उद्धार भएको थियो ।
म्यानमार र थाइल्यान्डमा अझ पनि सयौं मानिस हराइरहेका छन् । थाइल्यान्डको राजधानी बैंककमा मात्र १८ जनाको ज्यान गएको छ भने ७६ जना हराइरहेका छन् ।
भूकम्पमा परी अहिलेसम्म एक हजार सात सय जनाको ज्यान गएको छ भने झन्डै तीन हजार चार सय जना घाइते भएका छन् । म्यानमार र थाइल्यान्डमा राहत र उद्धारको काम भइरहेको छ ।
अत्यावश्यक उपकरणको अभाव, कमजोर सञ्चार सञ्जाल तथा क्षतिग्रस्त सडक पूर्वाधार एवम् पुलका कारण खोजी कार्यमा असर परिरहेकोमा अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग हुन थालेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।