एनसेलको ‘गज्जबको डेटा प्याक’

 माघ २१, २०७५ सोमबार ८:१८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनसेलका ग्राहकले अब सुलभ दरका नयाँ अल टाइम प्याकमार्फत इन्टरनेट सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले ‘गज्जबको डेटा प्याक’ नाम दिएर नयाँ डेटा प्याक ल्याएको छ । जसअन्तर्गत ग्राहकले आफ्नो आवश्यकताअनुसार ७५ एमबीदेखि ३ जीबीसम्मको विभिन्न प्याकहरु चलाउन सक्नेछन् ।

गज्जबको डेटा प्याक सोमबारदेखि लागू हुने कम्पनीले जनाएको छ । यस प्याकअन्तर्गत ग्राहकले एक दिनको समय सीमा रहेको ७५ एमबी डेटा प्याक मात्र रु १५ (रु १९.१५ करसहित) मा चलाउन सक्नेछन् । तीन दिनको समय सिमा रहेको २०० एमबी डेटा प्याक रु ३५ (रु ४४.६९ करसहित) मा चलाउन सकिनेछ ।

त्यसैगरी ५०० एमबी डेटा प्याक रु ७५ (रु ९५.७७ करसहित) मा खरिद गर्न सकिनेछ । यो प्याकको समय सीमा सात दिनको हुनेछ । धेरै डेटा भोलुम प्रयोग गर्ने ग्राहकले एक महिनाको समय सीमा  रहेको तीन जीबी डेटा प्याक रु ३५५ (रु ४५३.३० करसहित) मा लिन सक्नेछन् ।

ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार गज्जबको प्याकहरु सञ्चालन गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै एनसेल एपबाट पनि यी डेटा प्याकहरु सजिलै खरिद गर्न सकिनेछ ।यो अफर सञ्चालन भएको दिनदेखि ९० दिनका लागि मान्य रहने कम्पनीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया