हिउँमाथि आगो बालेर तीन जनाको शव कुर्दैछन् सुरक्षाकर्मी

 फागुन १५, २०७५ बुधबार २२:७:१३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

दुर्घटनाग्रस्त हेलिकप्टर

ताप्लेजुङ – फुङलिङ नगरपालिका–१०, को दारेभिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तीन जनाको शवलाई कुरेर सुरक्षाकर्मी दुर्घटनास्थलमै बसिरहेका छन् । 

जिल्लाका प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाले भन्नुभयो, ‘छेउमा पहिचान गर्न नसकिने शव रहेका छन् । हिउँको थुप्रोमाथि ५० जना सुरक्षाकर्मीहरु शव कुरेर बसेका छन् ।’ 

हिउँमाथि नै आगो बालेर शव कुरेर बसेको प्रहरी प्रमुख थापाले भन्नुभयो ।  

हिउँमाथि आगो बालेकाले हात तातो भए पनि हिउँको सिरेटोले टाउको सिरिङ्ग बनाइरहेको छ’ दुर्घटनास्थलमै रहेका थापाले भन्नुभयो, ‘अनकन्टार भिर भएको कारणले मानिस नै डोरी लगाएर मात्र ओर्लनु पर्छ ।’ 

उज्यालो भएपछि भोलि मात्र शव ल्याउन सकिने थापाको भनाइ रहेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया