बाँकेको फत्तेपुरमा रहेको सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र
बैशाख ६, २०८१ बिहिबार
ताप्लेजुङ – हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव आज काठमाण्डौ पठाइने भएको छ । दुर्घटनास्थलबाट चारवटा शव हिजो बेलुका सुकेटार विमानस्थलमा ल्याइएको छ ।
बाँकी तीनवटा शव आज दुघर्टनास्थलबाट सुकेटार ल्याउने र त्यहीँबाट हेलिकोप्टरमार्फत काठमाण्डौ पठाउने तयारी रहेको ताप्लेजुङ्गका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । उहाँ नेतृत्वमा ५० जना सुरक्षाकर्मीको टोली हिजोदेखि नै घटनास्थलमा खटिएको छ ।
मौसम हिजोभन्दा केही सुधार भएकाले आज शव पठाउन सकिने विश्वास गरिएको डीएसपी थापाले बताउनुभयो ।