खराब मौसमका कारण शव काठमाण्डौ ल्याउन ढिलाई

 फागुन १६, २०७५ बिहिबार १०:१२:२५ | केशवप्रसाद भट्टराई
unn.prixa.net

काठमाण्डौ – खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको शव ताप्लेजुङबाट काठमाण्डौ ल्याउन ढिलाई भएको छ ।

ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र धेरै क्षेत्रमा कुहिरोले ढाकिरहेको छ । प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाण्डौ पठाउने तयारी छ।

अहिले शव सुकेटार विमानस्थलमा राखिएको छ । सुकेटार विमानस्थलमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शवपरीक्षण हुन नसक्ने ठहर गर्दै काठमाण्डौ पठाउने निर्णय गरेको छ ।

बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटना हुँदा सबै सातजनाको निधन भएको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया