नियमविपरीत श्रीमतीलाई भान्से राखेर दिएको तलब उपमेयरले फिर्ता गरे

 फागुन २१, २०७५ मंगलबार २०:४३:१६ | केशवप्रसाद भट्टराई
unn.prixa.net

उपमेयर बमबहादुर भट्टराई

ताप्लेजुङ – फुङलिङ नगरपालिकाका उपमेयरले नियमविपरीत श्रीमतीलाई खुवाएको तलब भत्ताको रकम फिर्ता गरेका छन् ।  

उपमेयर बमबहादुर भट्टराईको भान्सेको रुपमा नियमविपरीत नियुक्ति गरी मासिक रुपमा नगरपालिकाबाट तलब खुवाउँदै आएको रकम फिर्ता गरेका हुन् । २०७५ साल साउन १ गतेदेखि भान्सेमा नियुक्त गरी मासिक १५ हजार पाँच सय ९० रुपैयाँ दिइँदै आएको प्रारम्भिक अडिट रिपोर्टमा देखिएको थियो । 

अडिट रिपोर्टले नियमविपरीत भनी बेरुजु निकालेपछि बालकुमारी भट्टराईलाई मासिक रुपमा दिइएको ६ महिनाको तलब बराबरको ९६ हजार रुपैयाँ उपमेयरले मंगलबार (आज) पत्रकार सम्मेलन गरी फिर्ता गरेको प्रेस विज्ञप्ति प्रकाशित गरी बताएका छन् । 

उपमेयर भट्टराईले विभिन्न तहबाट ऐन, कानुन, नियम, नीति,  कार्यविधि, निर्देशिका आदि समयमा उपलब्ध हुन नसक्दा गल्तीका कारण यस्तो भएको प्रेस विज्ञप्ति प्रकाशित गरी आफूले नियम विपरीत बालकुमारी कार्कीलाई उपलब्ध गराएको रकम ९६ हजार रुपैंया फिर्ता गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

आफूले जानीजानी नगरेको भन्दै अन्जानमा गल्ती भएको उपमेयर भट्टराईले बताउनुभयो । पत्रकार सम्मेलनमा फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले जानीजानी गल्ती नभएको बताउँदै समाचारमा आएका सबै कुरा यथार्थ नभएको र गल्तीलाई सच्याउँदै लैजाने बताउनुभयो । 

मेयर प्याकुरेलले  भन्नुभयो, ‘गल्ती नै नभएको त होइन, पहिलो पटक जनप्रतिनिधि भएका कारण नियम कानुन नबुझेर पनि गल्ती भएको हो ।’ आउँदा दिनमा यस्ता गल्तीलाई सच्याउँदै लैजाने पनि मेयरले बताउनुभयो । 

मंगलबार नै  विद्यार्थीहरुको संगठन अनेरास्ववियूले समेत नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् । फुङलिङ नगरपालिकाका प्रतिनिधिहरुले घर बनाएको साथै विभिन्न शीर्षकमा दुरुपयोग गरेको र वास्तविक के भएको हो सत्य तथ्य २४ घण्टाभित्र बाहिर ल्याउन विज्ञप्तिमा माग गरिएको छ । नत्र कार्यालयमा तालाबन्दी गरिने समेत विज्ञाप्तिमा उल्लेख गरिएको छ । महालेखा परीक्षणले गरेको फुङलिङ नगरपालिकाको प्ररम्भिक अडिटमा झण्डै ३ कारोड बेरुजु आएको बताइएको छ ।  
 

अन्तिम अपडेट: बैशाख १, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • DB Limbu

    March 6, 2019, 8:22 a.m.

    जब यस्तो कुरा देखिन्छ अनि राजनीतिलाई कसरी बुझ्ने? जबकि देश बदल्ने ढृड सपना, विभेदको गहिरो चोट, प्रतिस्पर्धा र असुरक्षाबाट राष्ट्रलाई बचाउन, जनतामा सुखसमृद्धि, न्याा र समानता स्थापित गर्ने गहिरो राजनीति आदर्श, निष्ठा बलिदान र त्यागको भावनासाथ राजनीति गर्न प्रेरित हुनु पर्ने हो । विश्वका जतिपनि विख्यात वा कुख्यात पात्र छन यस्तै कुनै गम्भीर कुराको समाधान खोज्न राजनीतिमा आएका छन । कुख्यात हिटलर वा जंगेजखाँ यसरी आएकि हिटलरलाई जर्मनीलाई पहिलो विश्वयुद्धले थोपरेको अपमानजनक सन्धी र घेराबन्दीलाई तोडेर जर्मनीलाई बचाउनु थियो । जंगेजखाँलाई निरन्तर आक्रमण र युद्धबाट करिब करिब नष्ट गरिएको उनको कविलाई राष्ट्रलाई रक्षा गर्नै पर्ने थियो, पछि उनले झण्डै पृथ्वीको एकतिहाई भूगोल जिते । विख्यातहरुको उदाहरणहरु पनि धेरै छन् । मार्टिनलुथरकिङ, नेल्सन मण्डेला, महात्मागान्थी माक्र्स एंगेल्स लगायत । तर नेपालमा विद्धान र आदर्श बोकेका कुशल योजनाकारभन्दा पनि बाठो टाठोखालका गुण्डागर्दी प्रवृतिका मान्छेहरु राजनीतिमा आकर्षित भएका हुन कि? हाम्रो नेपालमा खासमा यूवा यूवतीहरुलाई के कुराले आकर्सित गरिरहेको छ? राजनीतिलाई लुट, कमाऊ र मौकाको फाइदा लिने अवसरका रुपमा कुझिएको त होइन? अध्ययनको विषय बनेको छ । गलत आदर्श र प्रेरणाबाट प्रवेश गरेकाहरुबाट गलत परिणाम आउने नै भइगयो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया