हाम्रो पात्रोको ‘मेगा अपडेट’ : ७ दिन ७ विशेषता

 फागुन २८, २०७५ मंगलबार १३:४३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मोबाइल एप्लिकेशन हाम्रो पात्रो ७ दिन सात ७ विशेष फिचरका साथ अपडेट भएको छ ।

गुगल प्लेस्टोरमा उपलब्ध नयाँ हाम्रो पात्रोमा समावेश प्रत्येक विशेषताले लाखौं नेपाली प्रयोगकर्ताहरुको दैनिक स्मार्ट जीवनलाई सुपर स्मार्ट बनाउने विश्वास हाम्रो पात्रोले लिएको छ ।

यस्तो छ हाम्रो पात्रोले सार्वजनिक गरेको मेगा अपडेटको विशेषताहरुः

) स्थानीय भाषा

हाम्रो पात्रो अब नेपालभाषा, मैथिली भाषा र भोजपुरी भाषामा पनि उपलब्ध भएको र भाषा परिवर्तन गर्न सकिने भएको छ । नेपाली तथा अंग्रेजी भाषामा मात्र यसअघि प्रयोग गर्न सकिने हाम्रो पात्रोले आफ्नो भाषाको दायरालाई थप फराकिलो बनाएको छ । अब लाई नेपालभाषा, भोजपुरी तथा मैथिली भाषामा पनि प्रयोग गर्न सक्नुहुनेछ ।

नयाँ अपडेटमा यदि तपाईं नेपाल भाषा प्रयोग गर्दै हुनुहुन्छ भने तपाईंले नेपाल सम्बतमा नै तिथि मितिबारे जानकारी प्राप्त गर्न सक्नुहुन्छ । नेवा वर्षका १२ वटै महिना तथा एप्लिकेशनमा प्रयोग हुने मूल फिचरहरु नेपाल भाषामा राखिएका छन् ।

२) दिन तथा रात थिम

प्रयोग सहजतामा प्रभावकारी लाईट, डार्क र अटो थिम नयाँ अपडेटको विशेषता हो । अब हाम्रो पात्रोको नेपथ्यका रंग र प्रकाश परावर्तनको अनुपातका आधारमा प्रयोगकर्ताले आफूलाई आवश्यक थिम रोज्न सक्नेछन् ।

३) हाम्रो भिडियो

विविध भिडियो वर्ग (क्याटेगरी) अनुसार भिडियो हेर्ने सुविधासहित भिडियोको नयाँ डिजाइजन राखिएको यो सुविधा तपाईँलाई मन पर्न सक्छ । यूट्यूबमा विभिन्न श्रोतका आधिकारीक र जानकारीमूलक भिडियो खोजी गर्नु चुनौतीको विषय हो ।

आफूलाई चाहिने नचाहिने अनेक अनावश्यक विकल्पहरुले कहिलेकाँही तपाईँलाई पनि अप्ठेरो भएको हुनसक्छ । त्यसका लागि “स्पाम फ्री” समाचार, गीत सङ्गीत, रियालिटी शो, चलचित्र, विज्ञान, तथा अन्य विधाका रोचक भिडियोहरु समावेश हाम्रो भिडियोको विशेषता हो ।

) नोट/टिपोट

यसको अर्को फिचर हो नोट टिपोट । आफ्ना कार्यक्रमको तालिका मिलाउन र गर्नुपर्ने कामहरु सम्झिन हाम्रो पात्रोद्वारा सार्वजनिक हाम्रो नोट/टिपोटको सुविधा अब तपाईँको व्यक्तिगत प्रयोगका लागि हाम्रो पात्रोले सार्वजनिक गरेको छ ।

यो सुविधा प्रयोग गर्नका लागि तपाईंले हाम्रो पात्रो लग-ईन गरेको हुनुपर्छ, ह्याम्वर्गर मेनु अर्थात् छेउको मुख्य मेनुमा गएर या नोट्स एड गर्दा पनि लग-  इन अप्सन देख्न सकिन्छ, आफ्नो साबिकको फेसबुक, ट्विटर या जीमेल अकाउण्टबाट सजिलै लग-इन गर्न सकिनेछ ।

नोटलाई सम्पादन अर्थात एडिट तथा हरेक नोटलाई आफूले चाहेको फरक फरक रंगमा राख्नमिल्ने खालको छ । मोबाइल रिइन्स्टल गर्दा अथवा नयाँ मोबाइलमा हाम्रो पात्रो प्रयोग गर्दा तपाईंले यसअघि लेख्नुभएको नोट / टिपोट अथवा इभेन्ट प्लानहरु केही पनि हराउने छैन ।

) समाचार सर्च तथा ट्रेण्डिङ समाचार

यस मेगा अपडेटको अर्को विशेषता भनेको सर्च र ट्रेण्डिङ विषयको सुविधा । आफ्नो इच्छा अनुसारको विषयको सामाग्री सर्च गर्न र ट्रेण्डिङ विषयहरुमा अवलोकन र अपटेडेड रहन यो अपडेट विशेष छ । सर्च गर्ने प्रभावकारी तरिका देखि सर्च हिस्ट्रि सम्पादन सम्मको सुविधाको एप्लिकेसनले दिएको छ ।

) न्यूज पर्सनलाइजेशन

हाम्रो पात्रोले समाचार या समाचार स्रोतहरु हरेकका लागि रुची अनुरुप र चासो अनुरुपको प्ल्याटफर्म विस्तार गर्दै समाचार पर्सनालाइजेशनको सुविधा राखेको छ । अब हाम्रो पात्रोमा तपाईँले आफूलाई मनपरेको समाचार स्रोत रोज्न तथा आफूलाई चाहिने समाचार वर्ग चयन गर्न सक्नुहुनेछ ।

) दैनिक नोटिफिकेशन हिस्ट्री

हाम्रो पात्रोले पठाउने हरेक ताजा समाचारका दैनिक नोटिफिकेशनहरु हिष्ट्रीमा पछिसमेत हेर्न मिल्ने सुविधा नयाँ अपडेटमा ल्याएको छ । दैनिक नोटिफिकेशन हिस्ट्रीमा बस्ने समाचारको सूची आज मात्रको हुने हैन पुराना समाचारका नोटिफिकेशनहरु पनि क्रमै अनुसार तपाईँको मोबाइलमा रहनेछ ।

अब दिनभरी तपाईँ जस्तोसुकै व्यस्ततामा रहे पनि महत्वपूर्ण खबरहरुको अपडेट छुट्यो भनेर टेन्सन लिनुपर्दैन । यो सुविधाले देश विदेशका ताजा समाचार तथा महत्वपूर्ण जानकारीका कुनै पनि अपडेट तपाईँले आफ्नो अनुकूल समयमा पढ्न सक्नुहुनेछ ।

 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया