१०९ वर्षीया वृद्धालाई गाउँपालिकाले बनाइदियाे घर

 फागुन २९, २०७५ बुधबार १८:३१:३२ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङ जिल्लाकै सबैभन्दा बढी उमेरकी ज्येष्ठ नागरिकलाई पाथिभरा याङवरक गाउँपालिकाले घर बनाएर हस्तान्तरण गरेको छ ।  

गाउँपालिकाको वडा नम्बर २ थेचम्बूकी १०९ वर्षीया फुलमाया लिम्बूलाई गाउँपालिकाले घर बनाइदिएर घरमा सारेको छ  । 
थेचम्बूमा बस्दै आउनुभएकी १०९ लिम्बूका लागि गाउँपालिकाले २ लाख ५० हजारको लागतमा घर निर्माण गरीदिएको गाउँपालिका अध्यक्ष केशर मेन्याङबोले जानकारी दिनुभयो । लिम्बूलाई घर हस्तारण गर्दै दोसल्ला ओडाएर सम्मान गरिएको गाउँपालिका अध्यक्ष मेन्याङबोले बताउनुभयो । 

उहाँ अहिले ७३ वर्षीय छोरा श्रीशमशेर लिम्बूको साथमा बस्दै आउनु भएको छ । हस्तान्तरित घरमा (बुधबार) साइतको पुजा गरेर लिम्बूका आमाछोरा बस्न थालेको अध्यक्ष मेन्याङबोले जानकारी दिनुभयो ।

वृद्ध अवस्थामा रहेकी फूलमायाको छोरा पनि वृद्ध नै भएको साथै घरमा कुनै सहारा नभएका कारण पनि उहाँलाई घर बनाएर राखिएको अध्यक्षले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया