सीजी लाइफसेलद्वारा बिप एप सार्वजनिक

 चैत १४, २०७५ बिहिबार १८:५८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चौधरी ग्रुप अन्तर्गत सिजी लाइफसेलले बिप एप सार्वजनिक गरेको छ ।

यो एपमार्फत  एकैपटकमा १० जनासम्मले भिडियो कल गर्न सक्नेछन् ।

विश्वभर साढे तीन करोड प्रयोगकर्ता रहेको यो एपबाट भ्वाइसकल, म्यासेज, डकुमेन्ट आदानप्रदान सँगै विनियम दर, मौसमसम्बन्धी जानकारी, समाचारलगायतका बारेमा जानकारी लिन सक्ने कम्पनीका प्रवन्ध निर्देशक निर्वाण चौधरीले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो ।

टर्की, जर्मनीलगायत विभिन्न देशमा प्रयोग गरिँदै आइएको यो एप प्रयोगकर्ताले आफ्नो भाषा अनुसारको सेटिङ मिलाएर चलाउन सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, एपमा विभिन्न गेम नि:शुल्क डाउनलोड, लोकेसन शेयर, फलो मी र डिस्कभरी च्यानललगायत विशेषता रहेको पनि कम्पनीले जनाएको छ । बिप एपलाई ल्यापटप र डेस्कटपमा पनि प्रयोग गर्न सकिन्छ । 

कम्पनीका अनुसार एपमा रहेको सरप्राइज पोइन्टमार्फत सेवाग्राहीले विभिन्न आकर्षक उपहार जित्न सक्नेछन् ।

 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया