डिफेन्डिङ च्याम्पियन जर्मनीलाई हराएको मेक्सिकोले हराउला त ब्राजिललाई ?

 असार १८, २०७५ सोमबार १३:५६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँच पटकको विश्व च्याम्पियन, ब्राजिलका लागि सबैभन्दा ठूलो विरासत यही हो । सन् २०१४ मा जर्मनीसँग दर्दनाक ७–१ को हारबाट बौरिएको ब्राजिल चार वर्षपछि उपाधिको सबैभन्दा उच्च दावेदारको रुपमा छ । समूह चरणमा अपराजित रहँदै नकआउट चरणमा पुगेको नेइमार प्रेरित ब्राजिलले नकआउट चरणको पहिलो खेल परम्परागत प्रतिद्वन्द्वी मेक्सिकोसँग खेल्दैछ, जसले विश्वविजेता जर्मनीलाई घर पठाएर समूह चरण पार गरेको थियो ।
 
मेक्सिकोका कप्तान आन्द्रेस गुर्डाडोको सोचाइमा पाँच पटकको विश्व विजेतालाई हराएर दोस्रो चरणको दूर्भाग्य सधैंका लागि हटाउने यो सबैभन्दा उत्तम अवसर हो ।
 
ब्राजिल र मेक्सिको आज सामारा एरिनामा आमने सामने हुँदैछन् किनभने मेक्सिको २४ वर्षदेखिको पाँचौं खेलको अभिसाप मेटाउन चाहन्छ । पछिल्लो ६ विश्वकपमा चार खेलमात्र खेल्न पाएको छ । हरेक विश्वकपमा चौथो खेलमा पराजित हुनु उसका लागि अभिसापजस्तै बनेको छ । गएको संस्करणमा पनि अतिरिक्त समयमा उसले नेदरल्याण्ड्ससँग २–१ गोलको पराजय व्यहोरेको थियो ।


 
त्यसको ठीक विपरित ब्राजिल पछिल्लो ६ वटा विश्वकपमा कम्तीमा अन्तिम आठसम्म पुगेको छ । तीमध्ये तीनवटाको फाइलन खेलेको छ भने २ पटक च्याम्पियन बनेको छ ।
 
ब्राजिल छैटौं पटक विश्वकपको दावेदार हो । तर, मेक्सिकन कप्तान गुर्डाडो भन्छन् कि ब्राजिली टिमका लागि धेरै अपेक्षा नै आफूहरुको बलियो हतियार हो ।
 
‘ब्राजिलविरुद्ध हाम्रा लागि कुनै बहानाले काम चल्दैन ।’ कप्तान गुर्डाडोले भने, ‘यदि हामीले जित हासिल गर्यौं भने हाम्रा लागि त्यो भन्दा राम्रो अरु केहि हुँदैन ।’
 
यदि हामी समूहमा शीर्ष स्थानमा रहन सकको भए र हामीले स्वीट्जरल्याण्डसँग पराजित भएको भए मानिसहरुले भन्थे कि, ‘यस्तो यसकारण भयो कि त्यहाँ स्वीट्जरल्याण्ड थियो । त्यस्तै हामी मेक्सिको हौं ।
 
‘त्यसैले हामी पाँच पटकका विश्व च्याम्पियन ब्राजिल विरुद्ध छौं र यो एक महान परिदृश्य हो ।’
 
फुटबलले हामीलाई यस्तो अवसर दिएको छ कि हामी यस अवसरमा वास्तवमै उत्साहित छौं । यो भन्दा राम्रो अवसर हाम्रा लागि हुन सक्दैन र यसलाई सकारात्मक बनाउन हामी सक्षम छौं ।’
 
प्रिम्याच पत्रकार सम्मेलनमा गुर्डाडोले ब्राजिलका सुपरस्टार नेइमारलाई एक यस्ता व्यक्तिका रुपमा चुनेका छन् कि जो ‘फललाई अतिरञ्जित गर्न र आफैं जमिनमा लड्न मन पराउँछन् ।’
 
तर, कासिमेरोले भनेका छन् कि उनका टिममेटले कुने पनि दवाव र आलोचनाको सामना गर्नुपर्ने छैन ।
 
‘उनी परिवर्तित भइसकेका छन्’ रियल मड्रिडका मिडफिल्डर कासिमेरोले भने, ‘पहिलो खेलमा जो कोही नियमित गेम खेल्न सक्छन् । तर, उनले सर्बियाविरुद्धको पहिलो खेलदेखि नै आफूलाई प्रमाणित गरिसकेका छन् ।’
 
‘उनलाई याहा छ कि परिस्थितिलाई कसरी संहाल्नुपर्छ, त्यसैले त उनी नेइमार हुन् । ब्राजिलका सर्बश्रेष्ठ खेलाडी ।’
 
उनी लामो समयदेखि सुपरस्टार छन् । उनले बुझेका छन् कि आलोचनालाई कसरी ह्याण्डिल गर्नुपर्छ, यदि उसले राम्रो खेल्न सक्दैन भने आलोचना, यदि उसले राम्रो खेल्यो भने, नेइमार विश्वकै महान खेलाडी । उसलाई यसरी नै प्रयोग गरिएको छ ।
 
 
स्वीडेनविरुद्धको समूहको अन्तिम खेलमा ३–० गोलले पराजित भए पछि मेक्सिको समूह एफको उपविजेतामा सीमित भएको थियो । उसका सेन्टर ब्याक हेक्टर मोरेलो दुई पहेँलो कार्डका कारण प्रतिबन्धमा छन् । यता समूह इ को विजेता ब्राजिलका लागि  मार्सेलोकोचोट चिन्ताको विषय हुन सक्छ । किनभने, सर्बियाविरुद्धको खेलमा उनी सुरुआती १० मिनेटभित्रै मैदान छाड्न बाध्य भएका थिए ।
 
प्लेयर्स टू वाच
 

पाउलिन्हो, ब्राजिल
 
मेक्सिकोको नजर मुख्य गरी नेइमार र काउटिन्होमा केन्द्रित हुने सम्भावना छ । तर, मेक्सिकोले पाउलिन्होलाई विर्सियो भने उसका लागि सबैभन्दा प्रत्युत्पादक त्यही हुनेछ । जसले सर्वियाबिरुद्धको खेलमा शानदार फिनिसिङ गर्दै मुलुकका लागि आठौं गोल गरेका थिए । प्रशिक्षक टिटेको पहिलो रोजाइ त्यतिबेला सही ठहरिएको थियो ।
 
जाभियर हर्नाण्डेज, मेक्सिको
 
वेष्ट ह्यामका स्ट्राइकर हर्नान्डेजले जारी विश्वकपमा अहिलेसम्म केहि खास गर्न सकेका छैनन् । समूह चरणको तीन खेलमा उनले मात्र १ शट प्रहार गरे । यद्यपी उनकै एक्लो प्रयासका कारण दक्षिण कोरियाबिरुद्ध एक गोल निस्किएको थियो । र, ब्राजिलबिरुद्ध पनि उनीबाट मेक्सिकोले यस्तै अपेक्षा गर्नेछ । ब्राजिलको पेनाल्टी बक्समा उनी खतरनाक बन्न सक्छन् ।
 
म्याच फ्याक्ट्स
 
– ब्राजिल र मेक्सिको अहिलेसम्म ४० पटक आमने सामने भइसकेका छन् । जसमा २३ खेलमा ब्राजिल विजयी भएको छ भने १० खेल मेक्सिकोले जितेको छ । ७ खेल बराबरीमा सकिएका थिए ।
 
– मेक्सिकोले विश्वकपमा ब्राजिलबिरुद्ध खेलेका पछिल्ला चार खेल जित्न सकेको छैन । १ बराबरी र ३ खेलमा पराजित भएको छ । साथै यी चार खेलमा उसले ११ गोल खाँदा एक गोल पनि गर्न सकेको छैन ।
 
– ब्राजिल पछिल्लो पटक सन् १९९० को विश्वकपमा क्वार्टरफाइनलमा पुग्न असफल भएको थियो । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया