विश्वकप क्रिकेट : न्यूजिल्याण्डलाई हराउँदै जितकाे खाता खाेल्ने दाउमा अफगानिस्तान

 जेठ २५, २०७६ शनिबार १३:१९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

दोस्रो पटक विश्वकप खेलिरहेको अफगानिस्तानले शनिबार गएको संस्करणको फाइनमा पुगेको न्यूजिल्याण्डसँग खेल्दै गर्दा प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ ।

यो विश्वकपमा अफगानिस्तानले सुरुका दुवै खेल हारेको छ भने न्युजिल्याण्डले दुवै खेल जितेको छ । यी दुईको खेल टाउटनस्थित कुपर एसोसियसन काउन्टी मैदानमा शनिबार साँझ नेपाली समयअनुसार सवा ६ बजेदेखि सुरु हुनेछ ।

अफगानिस्तानको बलियो पक्ष बलिङ हो । मोहम्मद नावी र रशिद खानले उसको बलिङ आक्रमणको नेतृत्व लिएका छन् । ब्याटिङमा भने उनीहरुमा अनुभवको कमी देखिएको छ ।

वर्षाले प्रभावित श्रीलंकाविरुद्धको खेलमा अफगानिस्तानले १८८ रनको लक्ष्य पछ्याएको थियो । कुनै पनि ब्याट्सम्यानले खेललाई अन्तिम ओभरसम्म लैजाने धैर्यता गर्न सकेनन् । अफगान टिम ३२ ओभरमै समेटिएको थियो ।

पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध उसले २ सय ७ रनको सम्मानित स्कोर बनाएको थियो । त्यस खेलमा अफगानिस्तान ७ विकेटले पराजित भयो ।

अर्कोतर्फ न्यूजिल्याण्डको सुरुवात भने सानदार छ । पहिलो खेलमै श्रीलंकालाई १० विकेटले हराएको न्यूजिल्याण्डले दोस्रो खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गरेको थियो ।

मार्टिन गप्टिल, केन विलियम्सन, कोलिन मुन्राे र रस टेलरको ब्याटिङ पंक्ति न्यूजिल्याण्डको सशक्त पक्ष हो । यसबाहेक म्याट हेनरीले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया