विश्वकप क्रिकेट : ब‌ंगलादेशलाई वेष्ट इण्डिजले दियाे ३२२ रनकाे विजयी लक्ष्य

 असार २, २०७६ सोमबार १९:१८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकपमा अहिले वेष्ट इण्डिज र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । इंग्ल्याण्डको टाउनटनमा जारी खेलमा इण्डिजले बंगलादेशलाई ३२२  रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले ५० ओभरमा ८ विकेट गुमाउँदै तीन सय २१ रन बनाएको थियो । ६ रन बनाएको अवस्थामा पहिलो विकेटका रुपमा इण्डिजले क्रिस गेललाई गुमाएको थियो । गेलले १३ बल सामना गर्दा रनको खाता नै खोल्न सकेनन् ।

दोस्रो विकेटका लागि इभिन लुइस र शेई होपले ११६ रनको शतकीय साझेदारी गरेका थिए । लुइसले ६७ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ७० रन बनाएका थिए । सातौं विकेटका रुपमा आउट हुनुपूर्व होपले पनि ९६ रनको योगदान दिए । शतकका लागि गरेकाे प्रहार क्याच भएपछि उनी बाहिरिए ।

सिमरन हेटमायरले पनि ५० रनको आक्रामक योगदान दिए । उनले २६ बलमा चार चौका र तीन छक्का प्रहार गरेका थिए । जेसन होल्डरले १५ बलमा ३३ रन बनाए भने निकोलस पुरनले २५ रन जोडे ।

बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमान र मोहम्मद सइफुद्धिनले तीन-तीन विकेट लिए भने शकिब अल हसनले दुई विकेट लिए ।

 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया