पासपोर्टमा छोराले चित्र बनाइदिएपछि बावु दक्षिण कोरियामा अलपत्र

 असार १५, २०७६ आइतबार १७:३४:२१ | एजेन्सी
unn.prixa.net

एउटा चार वर्षको बालकले आफ्नै बुबालाई अप्ठेरोमा पारेका छन् । ती बालकले बुबाको पासपाेर्टमा चित्र कोरेपछि समस्या निम्तिएको हो । 

ती चार वर्षे बालकको परिवार दक्षिण कोरिया भ्रमणमा व्यस्त थियो । भ्रमणमै रहँदा ती बालकले आफ्नो बुबाको चिनियाँ पासपाेर्टको पछिल्लो पानामा कालो कलमले केही चित्रहरु कोर्न भ्याएका थिए । 

ती बालकले बुबाको पासपाेर्टमा आफ्नाे चित्र कोर्ने क्षमता प्रस्तुत गरेका छन् । उनले पासपाेर्टमा मानिस, जनावर र बुबाको अनुहारमा केही रौँ पनि थप्न भ्याए । हेर्दा निकै रमाइलो देखिन्छ । 

अहिले चार वर्षे बालकको बुबा दक्षिण कोरियामा नै रोकिएका छन् । पासपोर्टमा चित्र कोरिएका कारण उनको कागजात प्रस्ट नदेखिँदा अधिकारीहरुले छोरालाई लिएर घर जान नसक्ने र भ्रमण टुङ्ग्याउन चेतावनी दिएका छन् । 

ती बालकका बुबाले सहयोग माग्दै सामाजिक सञ्जाल वीवो मा पासपोर्टमा कोरिएको चित्र सेयर गरेका छन् । पासपोर्टमा ती बुबाको नाम चेन मात्र देख्न सकिन्छ । 

उनले बाँकी छुट्टी चिनियाँ दूतावासमा बिताउन सक्ने बताइएको छ ।   
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया