जन्मिँदै राजा र रैती हुने व्यवस्था मान्दैनाैँ : प्रधानमन्त्री
चैत २६, २०८१ मंगलबार
पूर्वी चीनको झेजियाङ प्रान्तको वेनलिङ शहरमा शनिबार बिहान शक्तिशाली आँधी 'लेकीमा’ को कारण भूस्खलन हुनुअघि १० लाख बढी मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएकाे छ ।
१८७ किलाेमिटर प्रतिघण्टाको शक्तिशाली 'लेकlमा’ आँधी, यो वर्ष नवौँ पटक आएकाे हाे । जसका कारण अनहुई, फुजियान, जियाङसु, झेजियाङ र संघाई नगरपालिकाको प्रान्तहरुमा भारी वर्षाको आशंका गरिएको छ ।
शुक्रबार दिउँसो झेजियाङ प्रान्तले शीर्षस्तरमा आफ्नो आपतकालीन प्रतिक्रिया दिएको थियो । सात लाखबढी मानिसहरुलाई स्थानान्तरण गरिएको थियो भने एक लाख १० हजार बढी मानिसहरु १२ हजार आश्रयस्थलमा बसेका थिए ।
झेजियाङ प्रान्तले सयभन्दा बढी डुङ्गा, २८८ ओटा उडान रद्द र रेलवे लाइन पनि बन्द गरेको छ । स्थानीय अधिकारीहरुले एक हजार उद्धारकर्तासँगै १५० ओटा दमकल, र १५३ ओटा डुङ्गा तयारी अवस्थामा राखेको छ ।
शनिबार बिहानसम्म संघाईमा २ लाख ५३ हजार मानिसहरुलाई स्थानान्तरण गरिएको छ । शक्तिशाली आँधीले झण्डै ३ हजार रुख उखेलेको छ भने सयभन्दा बढी बिजुलीका खम्बामा असर पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।