कमल थापाकाे प्रश्न : सरकारप्रति वितृष्णा जागेको बेला किन यस्तो वाहियात र देखावटी तामझाम ?

 भदौ ९, २०७६ सोमबार १४:२८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - उपचारका लागि सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्स मार्फत नै मन्त्रिपरिषद् बैठक राख्नुभयो । 

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जम्मा भएका मन्त्री र सिंगापुरको एक होटलमा बस्नुभएका प्रधानमन्त्रीबीच भिडियो कन्फ्रेन्समार्फत सम्वाद भएको हो ।

मन्त्रिपरिषद् बैठकमा पहिलो पटक यस्तो प्रविधिको प्रयोग भएको हो । बैठक प्रति राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारप्रति जनताको वितृष्णा बढेका बेला किन यस्तो देखावटी तामझाममा प्रधानमन्त्रीलाई प्रोत्साहित गरिएको भन्दै प्रश्न गर्नुभयो । 

अध्यक्ष थापाले देशमा आपतकाल र वितिहाल्ने कुनै काम नरहेको बेला पनि यस्तो तामझाम देखाउनुको कुनै औचित्य नरहेको बताउनुभयो । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालको ट्विटमा जवाफ दिँदै  प्रधानमन्त्रीलाई तपाईले त सही सुझाव दिनपर्ने हो नि भन्दै तामझाम देखाइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । 

नेपाल सरकार कार्यसम्पादन नियमावली, २०६४ मा प्रधानमन्त्रीको अनुपस्थितिमा आपतकालीन अवस्थामा मात्रै मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था भएकोमा त्यसमा संशोधन गर्दै प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा समेत भिडियो कन्फरेन्सिङ प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था राखिएको थियो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया