सेजनको अध्यक्षमा भीम गौतम, गोला तान्दा उपाध्यक्षमा सरस्वती ढकाल विजयी

 भदौ १५, २०७६ आइतबार ९:३६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आर्थिक पत्रकार समाज नेपाल (सेजन)को अध्यक्षमा भीमप्रसाद गौतम विजयी हुनुभएको छ । शनिबार भएको निर्वाचनमा गौतमले मोदनाथ ढकाललाई १० मतले पराजित गरेर २ वर्षे कार्यकालको लागि अध्यक्षमा विजयी हुनुभएको हो ।

२३३ मत खसेकोमा गौतमले १२० र ढकालले ११० मत प्राप्त गर्नुभयो भने अध्यक्ष पदमा ३ मत खाली रहेको थियो ।

त्यस्तै, महासचिवमा सुजन ओली निर्वाचित हुनुभएको छ । ओलीले अच्युत पौडेललाई ४० मतले पराजित गर्नुभएको हो । ओलीले १३५ र पौडेलले ९५ मत पाउनुभयो ।

त्यस्तै, उपाध्यक्षमा सरस्वती ढकाल गोलाप्रथामार्फत विजयी हुनुभएको छ। ढकाल र विष्णु बेलबासेको ८३/८३ बराबर मत आएपछि गोलाप्रथा गरिएको थियो । गोला तान्दा सरस्वती विजयी हुनुभयो । उपाध्यक्षका अर्का प्रत्यासी अनुज ढुंगेलले ६७ मत ल्याउनुभयो । ।

त्यस्तै, सचिव पदमा कृष्ण रिजालले ९७ मत ल्याएर निर्वाचित हुनुभयो । प्रत्यासी राजु चौधरीले ६५ र सागर घिमिरेले ७२ मत ल्याउनुभयो । सदस्यमा विनय बञ्जारा, मुना कुँवर, सुजन ढुंगाना, हिमा विक, र कमला अर्याल विजयी भएका छन् ।

अन्तिम अपडेट: असोज १२, २०७६

तपाईको प्रतिक्रिया