राष्ट्र बैंकले भन्यो : कुनै पनि निक्षेपकर्ताको पैसा लुटिएको छैन, फिर्ता आउँछ

 भदौ १५, २०७६ आइतबार १२:५१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले ह्याकहरुले एटिएम कार्डबाट पैसा लुटेको विषयलाई लिएर चिन्तित नहुन निक्षेपकर्तालाई आग्रह गरेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले पैसा लुट्ने ह्याकर पक्राउ परिसकेकाले कुनै पनि निक्षेपकर्ता आत्तिनुनपर्ने बताउनुभयो । 

‘ह्याकर पक्राउ नै नपरेको भएपनि लुटिएको पैसा बैंकहरुले दिनुपर्छ, यहाँ त ह्याकर नै पक्राउ परिसकेका छन्, निक्षेपकर्ताको पैसा १ रुपैयाँ पनि तलमाथि नभइ फिर्ता आउँछ, धेरै आत्तिनुपर्दैन ।’

एटिएम ह्याक हुनुमा निक्षेपकर्ताको भन्दा पनि बैंकहरुको कमजोर सुरक्षा प्रणाली भएको र यसबारेमा अनुसन्धान भैरहेको उहाँले बताउनुभयो ।

चिनिया ह्याकरले पीन नम्बर चोरी गरेर र नक्कली कार्ड बनाएर काठमाण्डौका विभिन्न एटीएम बुथबाट १ करोड रुपैयाँ भन्दा धेरै पैसा चोरी गरेका थिए । तर यो रकम बढ्न सक्ने राष्ट्र बैंकले जनाएको छ । ह्याकिङमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

अहिले प्रभु र एनआईसी एसियाबाहेकका बैंकले एटीएम चल्न थालेका छन् । राष्ट्र बैंकले सम्बन्धित बैंक बाहेक अर्को बैंकमा एटिएमको प्रयोग नगर्न आग्रह गरेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया