प्रधानमन्त्रीकाे उपचार जारी, अवस्था सामान्य

 भदौ १५, २०७६ आइतबार १७:५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार जारी छ । 

नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गाैलासम्बन्धी एन्टिबडी निराकरण गर्ने क्रम चलिरहेको प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिलिप शर्माले जानकारी दिनुभयो । 

अहिलेसम्म पाचौँ चरणको  उचार प्रक्रिया सकिएकाे र सोमबार छैटाैँ र बुधबार सातौँ चरणको उपचार प्रकृया गरिने पनि उहाँले बताउनुभयो । अहिले उहाँकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे पनि डा.शर्माले जानकारी दिनुभयाे ।

प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रक्रियामार्फत उपचार गरिएको हो । प्रधानमन्त्री ओलीको शरिरमा एण्टिबडीको मात्रा बढेको र त्यसलाई कम गर्न प्लाज्मा फेरेसिस उपचार पद्दति अपनाउनु परेको चिकित्सक शर्माले बताउनुभयो ।

प्लाज्मा फेरेसिस भनेको रगतमा रहेका अस्वस्थ प्लाज्मालाई निकालेर स्वस्थ प्लाज्मा राख्ने पद्दति भन्ने बुझिन्छ । यो उपचार विधि सुरुमा ३ पटकसम्म गरिएको र त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेकाले सात पटकसम्म गर्न लागिएको हो ।    

प्रधानमन्त्री ओली गएको ५ गते उपचारका लागि सिंगापुर जानुभएको हो ।  

 

अन्तिम अपडेट: चैत ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया