दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो
चैत ९, २०८१ शनिबार
काठमाण्डौ – भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ ।
रातो सारीमा सजिएका नारीहरुले तिजको अवसर पारेर सोमबार बिहानैदेखि पशुपतिनाथको दर्शन गरी पशुपतिनाथ परिसरमा नाचगान गरिरहेका छन् । तिजको दिन ब्रत बसे मनले आँटेको पुग्ने विश्वासका साथ पशुपतिनाथ दर्शन गर्न पुगेका हिन्दु नारीहरुले यस वर्ष दर्शनका लागि पशुपति क्षेत्रका विशेष व्यवस्था गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।
वृद्धा आमाहरुले पनि गएका वर्षहरुमा भन्दा यस वर्ष पशुपतिनाथ दर्शनका लागि सहज भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले आफ्नो स्वास्थ्यलाई पनि ख्याल गरेर फलफूल र पानी खाएर तिजको ब्रत बसेको पनि बताएका छन् ।
यता, पशुपति क्षेत्र विकास कोषले पनि बिहान ३ बजेबाटै दर्शनका व्यवस्था मिलाइएको जनाएको छ ।
कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बिहान ३ बजेदेखि नै दर्शनार्थीहरुले लाइन बसेको पशुपतिनाथको दर्शन गरी बाहिर परिसरमा आएर नाचगान गरिरहेको जानकारी दिनुभयो । कोषले यस वर्ष करिब ७ लाखले पशुपतिनाथको दर्शन गर्ने अपेक्षा गरिएको पनि बताएको छ ।
तिजको अवसर पारेर सुरक्षाको उचित प्रबन्ध गर्न पशुपतिनाथ क्षेत्रमा करिब ४ हजार सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । चार वटै सुरक्षा निकायबाट परिचालन गरिएका सुरक्षाकर्मीहरुले हरेक लाइनमा बसेर सुरक्षा दिइरहेका छन् । उनीहरुले वृद्धा, अशक्त दर्शनार्थीहरुलाई पशुपतिनाथ मन्दिरमा दर्शन गराउने काम पनि गरिरहेका छन् ।
दर्शनार्थीहरुलाई सहज ढंगले पशुपतिनाथको दर्शन गराउन स्वयम सेवक पनि परिचालन गरिएको छ भने स्वास्थ्य शिविर तथा खोज खबर शिविरको पनि व्यवस्था गरिएको छ । विगत वर्षहरुमा भन्दा यस वर्ष तिजमा पशुपतिनाथमा दर्शनार्थी बढेको पनि पशुपति क्षेत्र विकास कोषको दाबी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।