फेडेरर यूएस ओपन टेनिसको क्वार्टरफाइनलबाट बाहिरिए

 भदौ १८, २०७६ बुधबार १०:१६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

स्विस खेलाडी रोजर फेडेरर यूएस ओपन टेनिसको क्वाटरफाइनलबाट बाहिरिएका छन् । बुधबार बिहान भएको खेलमा फेडरर ग्रिगोर डिमित्रोभसँग ३–२ को सेटमा पराजित भए ।

न्युयोर्कमा भएको निकै प्रतिस्पर्धात्मक सेटमा फेडेरर पाँच सेटमा पराजित भए । त्यसो त फेडररले २ पटकको अग्रता जोगाउन सकेन । फेडेरर ६–३, ४–६ र ६–३ को सेटमा पराजित भए ।

पहिलो सेट ६–३ ले जितेका फेडेररले दोस्रो सेट ४–६ ले गुमाएको थिए । तर तेस्रो सेटमा फेरि खेलमा फर्किएका फेडरररले ६–३ ले नै जित्न सफल भए । तर चौथो र पाँचौ सेटमा २८ वर्षे डिमित्रोभले उत्कृष्ट प्रदर्शन गर्दै ६–४ र  चार र ६–२ ले जित्न सफल भए ।

अन्तिम अपडेट: असोज १९, २०७६

तपाईको प्रतिक्रिया