हल सिटीका डिफेन्डर म्याकडोनाल्डलाई आन्द्राको क्यान्सर भएको पुष्टि

 भदौ १९, २०७६ बिहिबार ६:४४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग क्लब हल सिटीले आफ्ना डिफेन्डर एंगस म्याकडोनाल्डलाई आन्द्राको क्यान्सर भएको पुष्टि गरेको छ ।

२६ वर्षीय म्याकडोनाल्डको क्यान्सर पहिलो चरणको हो । क्यान्सरको खबर सुनेदेखि नै उनले आफूलाई लागेको रोगसँग लड्न सकारात्मक सोचको विकास गरेकोमा हल सिटीले खुशी व्यक्त गरेको छ ।

प्रेमिका अलेजान्द्रा बुर्केको ३१ औं जन्मदिन मनाएको केवल २ दिनपछि उनलाई क्यान्सर भएको पत्ता लागेको हो ।

‘एंगस म्याकडोनाल्डलाई आन्द्राको क्यान्सर भएको सुन्दा हामीलाई दुःख लागेको छ । उनको बिमारी सुरुआती चरणमा छ र उपचार भइरहेको छ,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एंगसले यस खवरपछि जस्तो प्रतिक्रिया दिए त्यसले उनको सकारात्मक सोचलाई प्रतिबिम्बित थरेको छ । उनको शारीरिक र मानसिक स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो ।’

क्लबले एंगसको परिवार र गोपनियताको सम्मान गर्न समर्थक र सन्चारमाध्यमलाई अनुरोध गरेको छ । उनको स्वास्थ्य अवस्थाबारेको अपटेड क्लब आफैंले सार्वजनिक गर्नेछ । 

म्याक्डोनाल्ड सन् २०१८ को जनवरीमा हल सिटीमा अनुबन्ध भएका थिए । इन्ज्यूरीका कारण उनले गत सिजन केवल ३ खेलमात्र खेलेका थिए । नसाको समस्याबाट उनी हालैमात्र सन्चो भएका हुन् ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया