बेलिन्डा बेनिसिस र माटियो बेरेटिनो यूएस ओपन टेनिसको सेमिफाइनलमा

 भदौ १९, २०७६ बिहिबार ८:२९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

स्विस खेलाडी बेलिन्डा बेनिसिस यूएस ओपन टेनिसको महिला तर्फको सेमिफाइनलमा प्रवेश गरेकी छिन् । क्रोयसियाकी डोना भेकीसलाई सोझो सेटमा हराउँदै पहिलो पटक ग्राण्डस्लामको सेमिफाइनलमा पुग्न सफल भइन् ।

१३ औं बरियताकी बेलिन्डाले अघिल्लो चरणमा साविक विजेता नाओमी ओसाकालाई पराजित गरेकी थिइन्, उनले आफ्नी मिल्ने साथी डोनालाई ७–६ र ६–३ को सेटमा हराइन् । उनले आफ्नो मित्रतालाई साइड लगाउँदै उत्कृष्ट प्रदर्शनका साथ सेमिफाइनमा स्थान बनाइन् । अब उनले सेमिफाइनलमा क्यानडाकी बेइन्का एन्द्रेइस्कु वा बेलियन इलीसा मेरर्टेन्ससँग खेल्नेछिन् ।

पुरुषतर्फ २४ औं बरियताका इटालियन खेलाडी माटियो बेरेटिनोले गिल मोनफिल्सलाई हराउँदै सेमिफाइनलमा स्थान बनाए । २३ वर्षे माटियोले मोनफिल्सलाई पाँच सेटमा हराउँदै पहिलो पटक ग्राण्डस्लामको फाइनलमा स्थान बनाउन सफल भए ।

निकै रोमाञ्चक बनेको खेलमा उनले ३–६, ६–३, ६–२ ३–६ र ७–५ को सेटमा जित निकाले । तीन घण्टा ५७ मिनेट चलेको खेलमा उत्कृष्ट जित निकालेका उनले सेमिफाइनलमा रफाल नाडाल वा डिएगो स्वास्र्टमनबीचको विजेतासँग खेल्नेछन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया