केही दिनको लागि एउटा बैंकको एटीएम अर्को बैंकमा नचल्ने

 भदौ १९, २०७६ बिहिबार ९:२८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – केही दिनको लागि एउटा बैंकको एटीएम अर्को बैंकमा नचल्ने भएको छ ।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)ले बैंक तथा वित्तीय संस्थाहरुको कार्ड त्यही बैंकको एटीएम र पीओएस मेसिनमा मात्र चल्ने व्यवस्था मिलाइएको जनाएको छ ।
 
नेप्सले कम्पनीका सदस्य बैंकहरु, सूचना प्रविधि सुरक्षा विशेषज्ञ, नियमकारी निकाय अनुसन्धानमा सक्रिय रहेको भन्दै केही समयका लागि यस्तो व्यवस्था गरिएको जनाएको हो ।
 
केही बैंकका एटीएम मेसिनबाट अनाधिकृत रुपमा रकम निकालिएको सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै नेप्सले ग्राहकको खातामा रहेको रकममा कुनै असर नभएको र निक्षेपकर्ताका रकम बैंकमा सुरक्षित रहेको पनि बताएको छ । नेप्सले १८ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई कार्डसम्बन्धी होस्टिङ र स्विचिङको सेवा प्रदान गर्दै आइरहेको छ । 

गएको शनिबार चिनियाँ ह्याकरको समूहले एटीएमबाट रकम निकालेको थियो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया