ह्याकरहरुले नेपाली कार्ड प्रयाेग गरेर भारतबाट एक करोड रुपैयाँ झिकेको पुष्टि, अध्ययन समितिले दियो यस्तो सुझाव

 भदौ १९, २०७६ बिहिबार १४:५२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ह्याकरहरुले नेपालका नेप्स प्रणालीमा आबद्ध ७ वटा बैंकको कार्ड प्रयोग गरेर  नेपाल र भारतबाट गरी ३ करोड ५८ लाख रुपैयाँ रकम झिकेको पाइएको छ ।

गएको शुक्रबार नेपालका विभिन्न एटीएमबाट चिनियाँ ह्याकरको टोलीले जथाभावी पैसा झिकेपछि  राष्ट्र बैंकले बनाएको छानबिन टोलीले नेपाल र भारतबाट ह्याकरले पैसा झिकेको निष्कर्ष निकालेको छ ।

छानबिन टोलीको प्रतिवेदनअनुसार ह्याकरले नेप्समा आवद्ध ७ वटा बैंकका भिसा कार्ड क्लोन गरेर ३ करोड ५८ लाख रुपैयाँ पैसा झिकेका छन् । ह्याकरले  नेपालबाट १७ बैंकका ६८ एटीएम कार्ड प्रयोग गरेर १ करोड ८९ लाख ४४ हजार रुपैयाँ झिकेका छन् भने भारतबाट नेपालका ६ वटा बैंकको १ करोड ५ लाख ८७ हजार रुपैयाँ झिकेका छन्  ।

उनीहरुले भारतीय २४ बैंकका १ सय ३२ एटीएम प्रयोग गरेको पनि अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ  । ह्याकरले भिसा नेटवर्क र नेप्स स्विचको बीचको प्रणाली नियन्त्रणमा लिएको पनि अध्ययनले देखाएको छ ।

समितिले नेपालका एटीएमको सुरक्षाको लागि अल्पकालीन र दीर्घकालीन गरी सुझाव पनि दिएको छ।

हेर्नुहाेस् प्रतिवेदन

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया