बीपी राजमार्गको क्षतिग्रस्त खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिँदै
चैत ७, २०८१ बिहिबार
मुस्ताङ - स्थानीय जनप्रतिनिधिले मुस्ताङको ऐतिहासिक स्थल लोमन्थाङको संरक्षणका लागि आवश्यक बजेट निकासा गरी विशेष पहल गर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् ।
लोमन्थाङको ७ सय वर्ष पुरानो राजदरबार, तीनवटा पुराना गुम्बा तथा विश्वमै नभएको बाटोले बनेको सानो ऐतिहासिक शहरको संरक्षण तथा सम्वर्द्धन स्थानीय सरकारको बजेटबाट मात्रै सम्भव नहुने भन्दै उनीहरुले केन्द्र सरकारले त्यसको जिम्मेवारी लिनुपर्ने धारणा राखेका हुन् ।
लोमन्थाङ गाउँपालिका वडा नम्बर-५ का अध्यक्षले हिमजिङ दोर्जे विष्टले विश्व सम्पदा सूचीभित्र रहेको लोमन्थाङको संरक्षण केन्द्र सरकारबाट नै गरिनुपर्ने धारणा राख्नुभयो । उहाँले तिब्बती पात्रो अनुसार बनेका गुम्बाहरु, माटोले बनेको शहर र त्यस भित्रको ७ सय वर्ष पुरानो राजदरबारको संरक्षण र सम्वर्द्धन गर्न सके पर्यटक प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
म्याग्दी घर भइर लोमन्थाङमा स्थानीय गाइडको रुपमा काम गर्दे आएका ताल श्रीपालीले जिल्लामा भएको सडक पूर्वाधार निर्माणसँगै पैदल मार्गको विस्तार हुन नसकेकाले पर्यटकहरु समस्यामा पर्ने गरेको बताउनुभयो । उहाँले पैदल मार्गको विस्तार र ऐतिहासिक धरोहरहरुको उचित संरक्षण गरिनुपर्ने बताउनुभयो ।
नयाँ बाटोमा पैदल यात्रीका लागि छुट्टै ट्रयाक नहुनु, पर्यटकहरुसँग आएका गाइडलाई स्थानीय बाटो थाहा नहुनुलगायतले पर्यटकहरु समस्यामा पर्ने गरेका छन् । बिजुली लगायत न्यूनतम आधारभूत आवश्यकताका पूर्वाधार नभएको जिल्ला भए पनि भिन्न विशेषता बोकेका कारण विदेशी पर्यटकहरुको आकर्षक गन्तव्यको रुपमा लोमन्थाङ रहँदै आएको छ ।
समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइमा रहेकाे मुस्ताङको लोमन्थाङ अनौठो भू-बनोट, लोमन्थाङ बजार, मुस्ताङी राजदरबार, गुम्बा र कला संस्कृतिको लागि राष्ट्रिय साथै अन्तराष्ट्रिय रुपमा प्रख्यात छ ।
नेपालको अरु ठाउँभन्दा बिल्कुल फरक भू-बनोट, प्राचीन कला संस्कृति , मानवबस्तीका गुफा र पर्खालले घेरेको शहर लोमन्थाङको विशेषण हो । हिमाली सभ्यता, संस्कृति र सम्पदाको ऐतिहासिक थलो लोमन्थाङ माटोको शहरको रुपमा पनि विश्वले चिन्दै आएको छ ।
यहाँका घर, दरबार, गुम्बा, मन्दिर सबै माटोले बनेका छन् । संसारको उत्कृष्ट पदयात्राका रुपमा रहेको लोमन्थाङ पोखराबाट १० घटनाको जीप सफारीमा र जोमसोमबाट कालिगण्डकी किनारैकिनार कागबेनी, चैले, समर,भेना र चराङ हुदै पुग्न सकिन्छ ।
पर्खालभित्रको शहरको रुपमा परिचित लोमन्थाङ क्षेत्र भ्रमणका लागि सरकारले सन् १९९२ देखि मात्रै विदेशीका लागि खुल्ला गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।