टी-२० सिरिज: नेपालले आज आयरल्याण्डसँग खेल्ने

 असोज २२, २०७६ बुधबार ६:३९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

ओमानमा चलिरहेको पाँच देश सम्मिलित टी-२० क्रिकेटमा नेपालले आज बुधबार आयरल्याण्डसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार बिहान सवा एघार बजे सुरु हुनेछ । आफ्नो पहिलो खेलमा हङ्कङलाई र दोश्रो खेलमा नेदल्याण्ड्सलाई समान चार विकेटले हराएको नेपालले आज टेष्ट मान्यता प्राप्त टोली आयरल्याण्डसँग खेल्न लागेको हो ।

नेपालले, दुई खेलमा राम्रो प्रदर्शन गर्न नसकेका पवन सर्राफ र रोहित पौडेललाई आज परिवर्तन गर्ने सम्भावना छ । आयरल्याण्डले प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित हात पारेको छ ।

 

टेष्ट वरीयताको १२औंँ र एक दिवसीय वरीयताको ११ औंँ स्थानमा रहेको आयरल्याण्ड टी-२० को वरीयतामा भने नेपालभन्दा पछाडि छ । नेपाल र आयरल्याण्डले टी-२० क्रिकेटमा यसअघि एकपटक मात्र खेलेका छन् ।

सन् २०१५ मा भएको त्यो खेलमा नेपाल आयरल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । 

टी-२० वरीयता: नेपाल११औंँ स्थानमा यथावत

टी-२० क्रिकेटको नयाँ वरीयतामा नेपालको स्थान यथावत रहेका अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ११ औंँ स्थानमा यथावत छ ।

एसोसियट देशहरुमा नेपाल सबैभन्दा अघि छ । टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड नेपाल भन्दा तल छन् ।

टी-ट्वेण्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत छन् । दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा छन् । एक दिवसीय वरियतामा नेपाल १७औंँ स्थानमा छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया