कुर्दिस सेनामाथि आक्रमण गर्न टर्कीले सिरियामा सेना पठायाे

 असोज २२, २०७६ बुधबार ७:५१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

कुर्दिस सेनामाथि आक्रमण गर्न टर्कीले सिरियामा सेना पठाएको छ ।

अमेरिकी सैनिक फिर्ता भएपछि टर्कीले सिरियाका सीमा क्षेत्रमा सेना पठाएको बीबीसीले जनाएको छ । कुर्दिस सेनाको बाहुल्य रहेको सिरियाको उत्तर-पूर्वी क्षेत्रमा टर्कीका सैनिक ट्यांक गएपछि नयाँ त्रास फैलिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुर्दिस सेनामाथि आक्रमण गरे टर्कीको अर्थतन्त्र तहसनहस पारिदिने चेतावनी दिनुभएको थियो । सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने आफ्नाे निर्णयको फाइदा उठाएर कुर्दिसमाथि सेनामाथि आक्रमण गरे सह्य नहुने ट्रम्पको भनाइको बेवास्ता गर्दै टर्कीले सिरियामा आफ्ना सैनिक पठाएको हो ।

अमेरिकाले इस्लामिक स्टेट आईएसलाई हराउन कुर्दिस सेनालाई सहयोग गर्दै आएको छ । तर टर्कीले सिरियामा अमेरिकी हस्तक्षेप भएको भन्दै कुर्दिस सेनामाथि आक्रमण गर्न आईएसलाई सहयोग गर्दै आएको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया