दाङमा आचारसंहिता विपरीत चुनाव प्रचार गर्ने पक्राउ

 मंसिर १४, २०७६ शनिबार ११:५१:५४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – सल्यानमा सरकारी गाडीको दुरुपयोग गरेर निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसार गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

कुमाख गाँउपालिका ५ मा वडाध्यक्षका लागि हुन लागेको उपचुनावमा सरकारी गाडी प्रयोग गरी प्रचारप्रसार गर्ने नेकपाका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कुमाख गाँउपालिका अध्यक्ष दिलमाया बुढा चढ्ने बा २ झ ४२४६  नम्बरको सरकारी गाडी प्रयोग गरी शुक्रबार राति प्रचारप्रसार गर्ने क्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसार गर्ने नेता तथा कार्यकर्तालाई शुक्रबार राति नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको नेपाली कांग्रेस सल्यानका जिल्ला सदस्य डिल्लीबहादुर बुढाथोकीले जानकारी दिनुभयो । 

‘गए राति १० बजेतिर सरकारी गाडी दुरुपयोग गरेर प्रचारप्रसार गरिरहेको समयमा हामीले गाडीसहित प्रहरीलाई बुझाएका हौँ’, उहाँले भन्नुभयो, ‘सरकारी गाडीको दुरुपयोग गर्नेलाई कडा कारबाही होस् ।’ प्रहरीले पक्राउ पर्नेहरुको नाम उल्लेख गरेको छैन ।     

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया