हिमपातले भीमदत्त राजमार्ग अवरुद्ध

 मंसिर २७, २०७६ शुक्रबार १६:३८:५५ | विमल बिष्ट
unn.prixa.net

डोटी - वर्षासँगै परेको हिमपातका कारण सुदूर पश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

हिमपातका कारण भीमदत्त राजमार्गको साहुखर्क सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी दिलिपसिंह देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको छ, अवरुद्ध राजमार्ग खोल्नका लागि दिपायलबाट डोजर पठाएका छौँ, हिमपात पर्न रोकिए खुल्न सक्छ होला ।’

हिमपातले राजमार्ग अवरुद्ध हुँदा पहाडदेखि तराई जाने तथा तराईबाट पहाडका लागि आउँदै गरेका सयौँ यातायातका साधन तथा यात्रुहरु अलपत्रमा परेका छन् राजमार्गमा २ फिट जति हिउँ परेको प्रहरीले जनाएको छ । हिमपातका कारण त्यहाँको जनजीवनसमेत प्रभावित बनेको छ ।

दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्ग मानिने भीमदत्त राजमार्गका अधिकांश भाग हिमपातका कारण प्रभावित भएका छन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया