गुल्मीको वडा कार्यालयमा तोडफोड, केही रकम पनि लुटियाे

 पुस ९, २०७६ बुधबार १२:१३:१० | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको मालिका गाउँपालिका ७ को वडा कार्यालयमा मंगलबार राति तोडफोड गरिएको छ ।

नचिनेको मान्छेको समूहले मंगलबार राति वडाध्यक्षको कार्यकक्षसहित अन्य कोठाहरूमा समेत ताेडफोड गरेको वडाध्यक्ष वेदप्रसाद पन्थीले बताउनुभयाे । 

वडाध्यक्ष पन्थीले कार्यालय तोडफोड भएको जानकारी पाएपछि आफू कार्यालय जाँदै गरेको र पुगेर हेरेपछि मात्र घटनाको बारेमा विस्तृत थाहा हुने जानकारी दिनुभयाे । 

घटनाको जानकारी पाएपछि मर्भुङ्ग प्रहरी चौकी सिमलटारीबाट प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ । नचिनेको मान्छेको समूहले कार्यालयमा रहेको केही रकमसमेत लुटेकाे बताइएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया