तोकिएको समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्छाैँ : मुख्यमन्त्री भट्ट

 पुस २९, २०७६ मंगलबार २०:४१:३९ | विमल बिष्ट
unn.prixa.net

डोटी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले प्रदेश सरकारबाट सञ्चालित कुनै पनि योजनाहरु ताकिएकै समयमा सम्पन्न गर्नुपर्ने निर्देशन दिनु भएको छ ।

मुख्यमन्त्री भट्टले प्रदेश सरकारको बजेटबाट जिल्लामा सञ्चालन भइरहेका सम्पूर्ण योजनाहरु तोकिएको समयमै सम्पन्न गरिसक्नुपर्ने बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयो, ‘प्रदेश सरकारको बजेटबाट छनौट भएका योजनाहरुमा हामीले कडा अनुगमन गर्दैछौँ । तोकिएको समयमा काम नसक्ने ठेकेदारलाई कारबाही गर्छाैँ ।’

मुख्यमन्त्री भट्टले जिल्लाको बुडर, जोरायल, गड्सेरा सडकको कालोपत्रे तथा सडक विस्तारका लागि ७० करोड रुपैयाँ बजेट विनियोजन भएकाले ती सडकको काम पनि ताेकिएको समयमा नै सम्पन्न हुनेमा आफू विस्वस्त रहेको बताउनुभयो । 

मुख्यमन्त्री भट्टले ठेक्का लिएर काम अलपत्र पर्ने परिपाटीको अब प्रदेश सरकारले अन्त गर्नेसमेत बताउनुभयो । उहाँले थप भन्नुभयो, ‘कामको ठेक्का लिने तर ताेकिएको समयमा काम नसकी काम लथालिंङ्ग गर्ने परिपाटी बढेकाले प्रदेश सरकारले त्यसको अन्त गर्नेछ ।’ 

जिम्मेवारी लिएर काम सम्पन्न नगर्ने ठेकेदार तथा तिनका कम्पनीको नाम संङ्कलन गरी काम सम्पन्न नगर्ने कम्पनी र ठेकेदारलाइ कालोसूचीमा राखिने उहाँले बताउनुभयाे। 

जिल्लाका दिपायल गड्सेरा, बिपिनगर गड्सेरा, जोरायल गड्सेरा, खुटिया विपीनगर सडक, बोगटान, विपीनगर लगायतका सडकहरुको काम समयमै सम्पन्न हुन नसक्दा अलपत्र परेका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया