सुदूरपश्चिममा फेरि हिमपात

 माघ १५, २०७६ बुधबार १५:४५:५५ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटी लगायतका सुदूरपश्चिमका पहाडी जिल्लामा पाँचौं पटक हिमपात भएको छ । खप्तड झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथान लगायतका उच्च पहाडी क्षेत्रमा दुई फिटसम्म हिउँ परेको छ । 

गएको माघ २ गते परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पूर्वीचौकीका स्थानीय धनबहादुर विष्टले चिसोको कारण बाहिर निस्कन तथा बस्तुभाउ निकाल्न समेत कठिनाइ भएको बताउनु भएको छ । 

उहाँले भन्नुभयो ‘अहिले पाँचौ पटक हिमपात परेको छ । जनजीवन निक्कै कष्टकर बनेको छ । चिसोले वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा निकै प्रभाव परेको छ ।’

हिमपताले हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी पुग्ने भन्दै खुसी भएका लेकाली क्षेत्रका बासिन्दा फेरि हिमपात भएपछि चिन्तित भएका छन् ।लगातारको वर्षा र हिमताले हिउँदे बालीमा क्षति पुगेपछि उनीहरु चिन्तित भएका हुन् । 

पर्यटन व्यवसायी तथा डोटी उद्योग वाणिज्य संघका महासचिव दिपकबहादुर खड्काले तापक्रम घटेको जानकारी दिनुभयो । अहिले यहाँका उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने दिपायल, सिलगढी लगायतका ठाउँहरुमा  पानी परेकाे छ ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया