डाेटीमा चट्याङ लागेर एक महिलाको ज्यान गयो

 फागुन २२, २०७६ बिहिबार १५:१३:३७ | विमल बिष्ट
unn.prixa.net

डोटी - पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका-२, सिर्मा गाउँमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार चट्याङ लागेर ज्यान गुमाउनेमा ६० वषर्सया जसुदेवि ओली रहेकी छन् । बुधबार बेलुका साढे ६ बजेतिर घरमा बसिरहेको बेला एक्कासी परेको चट्याङले लागेर ओलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरिक्षक दिलीपसिंह देउवालले जानकारी दिनुभयो ।

घटनास्थल सायल प्रहरी चौकीदेखि टाढा रहेको र चौकीमा बिहिबार दिउँसो मात्रै खबर आएकोले प्रहरी घटनास्थल पुग्न नसकेकाे र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया