डाेटीकाे कृषि शाखा उपकेन्द्रमा आगलागी, कार्यालय सहयाेगी घाइते

 फागुन २८, २०७६ बुधबार ८:४२:२० | विमल बिष्ट
unn.prixa.net

डोटी – जोरायल गाउँपालिकामा रहेको कृषि शाखा उपकेन्द्रमा आगलागी हुँदा कार्यालय सहयोगी घाइते भएका छन् । 

बिहान ४ बजेतिर आगलागी हुँदा घाइते भएका उपकेन्द्रका कार्यालय सहयोगी बलबहादुर खड्कालाई उपचारको लागि कैलाली लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो । 

स्थानीय बासिन्दा, कर्मचारी र इलाका प्रहरी कार्यालय जोरायलबाट खटिएको टोलीले एक घण्टामै आगो निभाएका छन् । आगलागीको कारण भने खुलेको छैन । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया