विप्लव समूहकाे दलित मुक्ति मोर्चाका जिल्ला संयोजक पक्राउ

 चैत १, २०७६ शनिबार १८:५५:२४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - नेत्र विक्रम चन्द 'विप्लव' समूहमा आबद्ध एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मदाने गाउँपालिका ६ पुर्कोट दहका ४६ वर्षीय वसन्त गैरे भनिने सन्ते नेपाली रहेका छन् । उनी दलित मुक्ति मोर्चाका गुल्मी जिल्ला संयोजक हुन् । 

उनलाई विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेकाे हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले पक्राउ परेका वसन्तलाई जिल्ला प्रहरी कार्यालय तम्घासमा राखिएकाे जानकारी दिनुभयाे । 

विप्लव समूहको गतिविधि बढ्नसक्ने आशङ्कामा प्रहरीले गाउँगाउँमा गस्ती अभियान सुरु गरेकाे छ  । पछिल्लो समय प्रहरीले विप्लव समूहका गतिविधिमाथि कडा निगरानी गर्दै आएको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया