ऐतिहासिक भीमसेन मन्दिरका चार छत्री चोरी

 चैत ३, २०७६ सोमबार ८:३:२९ | विमल बिष्ट
unn.prixa.net

डोटी - दिपायल सिलगढी नगरपालिका-६ मा रहेको ऐतिहासिक भीमसेन मन्दिरबाट चारवटा चाँदीका छत्री चोरी भएकाे छ । मन्दिरबाट ५० तोलाको एउटा र १० तोला बराबरको तीनवटा गरी ८० तोलाको चार छत्री चोरी भएको हो । 

मन्दिरको ढोका फुटाएर छत्री चोरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिनुभयो । स्थानीय गोविन्द श्रेष्ठले भक्तजनले चढाएका छत्री चोरी भएकाे भन्दै मन्दिरका बारेमा थाहा पाएकाे व्यक्तिले चोरी गरेको हुनसक्ने बताउनु भएकाे छ । 

फलामको रड प्रयोग गरी मन्दिरको मूल ढोका र मन्दिरसँगैको सभाहलको ताला फाेरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरी निरीक्षक कर्णबहादुर बोहाेराले जानकारी दिनुभयो ।

मन्दिरमा कतिबेला चाेरी भयो भन्नेबारे यकिन खबर नभए पनि गएकाे शनिबार राति चोरी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया