अमेरिकाबाट निर्वासित भएर थुनिएका भेनेजुएलाका नागरिकहरूलाई ...
बैशाख ८, २०८२ सोमबार
रुपन्देही– बुटवलको आइसोलेसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका रुपन्देहीको सैनामैनाका ३४ वर्षीय बाबुराम थापाको शव १० दिनसम्म पनि आफन्तले बझेका छैनन् ।
घटनाको छानबिन गर्नुपर्ने र परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै परिवारले मृतक थापाको शव बुझ्न मानेका छैनन् । शव लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको छ ।
चैत १३ गते उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल आएका थापालाई बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।
चैत २६ गते थापाको विशेष अस्पतालमा मृत्यु भएको भयो । कोरोनाको आशङ्का गरिएका थापाको स्वाब परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको थियो ।
मृतककी श्रीमती रीता थापालाई योग्यताअनुसार रोजगारीको ग्यारेन्टी गर्ने र २ जना छोरालाई पढाइदिने प्रदेश सरकारले आश्वासन दिएको छ
तर २५ लाख रुपैयाँ क्षतिपूर्तिको मागभन्दा तल आफन्त नझरेकाले सहमति हुन नसकेको थापाको शव उठाउनको लागि सहजीकरण गरिरहनुभएका पूर्व सभासद तथा वरिष्ठ पत्रकार विनोद पहाडीले बताउनुभयो ।
पहाडीका अनुसार सहमतिको लागि मङ्गलबार पनि प्रयास हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।