छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – सधैँ चहलपहल रहने दाङका बजारहरु गएको तीन हप्तादेखि सुनसान जस्तै छन् । चहलपहल निकै कम हुने ग्रामीण क्षेत्रमा भने आजभोलि विशेष चहलपहल छ । सरकारले घोषणा गरेको लकडाउन उल्लङ्घनका लागि नभइ खेतबारीको गहुँ बाली भित्र्याउन किसानहरुको चहलपहल बढेको हो ।
गाउँघरमा बसेर अनावश्यक कुरा गर्ने फुर्सद यतिबेला कसैलाई छैन । बिहान सबेरै खेतमा पुगेर लहलाउँदो गहुँ काट्नु, खल्यानमा ल्याउनु र दाइँ गरी घर भित्र्याउनु अहिले दाङका सबै किसानहरुको दैनिकी बनेको छ ।
खेतबारीमा रहेको बालीले समेत ग्रामीण क्षेत्रका मानिसहरुलाई शारीरिक दुरी कायम राख्न तथा भेला नहुने अवस्था सिर्जना गरेको छ । लकडाउनका कारण सबै कार्यालय, बजार तथा उद्योग धन्दा बन्द रहेका कारण जागिरेहरु पनि आ–आफ्नो खेतबारीको गहुँ काट्न तल्लीन छन् । जसले गर्दा गहुँ स्याहार्न ज्यालामा मजदुर राख्न नपरेको कतिपय किसानहरु बताउँछन् ।
केहिले भने कोभिड १९ को सङ्क्रमणको जोखिमका कारण बाली भित्र्याउन आवश्यक मजदुर नपाएको बताउँछन् । कोभिड १९ सङ्क्रमण हुन नदिन गरिएको लकडाउनमा किसानहरुलाई बाली भित्र्याउन कुनै पनि समस्या नहोस् भनेर विशेष व्यवस्था गरिएको पालिकाहरुले बताएका छन् । सामाजिक दुरी कायम गरेर बाली काट्न तथा दाइँ गर्दा विशेष सर्तकता अपनाउन र सतर्क रहेर काम गर्न दिइएको वडाध्यक्षहरुले बताएका छन् । लकडाउनका कारण अन्यलाई आवत जावतमा कडाइ गरिए पनि खेतबारीमा रहेका बाली काट्ने र भित्र्याउनेलाई कुनै रोक नलगाइएको पालिकाहरुको भनाइ छ ।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले पनि अत्यावश्यक र कृषि कार्य गर्नका लागि शारीरिक दुरी कायम राख्दै सुरक्षित भएर काम गर्न निर्देशन दिइएको बताउनुभयो । दाङका अधिकांश वडाहरुले वडा तहमा सरोकारवालाहरुको बैठक राखी कृषि कार्य गर्दा कुनै रोकावट नगर्ने र त्यस्का लागि आवश्यक पर्ने ट्रर्याक्टर र थ्रेसर प्रयोग गर्न गाडी नम्बरसहित सम्बन्धित पालिकामा अनुमतिका लागि सिफारिस गर्ने निर्णय गरेका छन् । घोराही उपमहानगरपालिका ५ का वडाध्यक्ष विष्णुमणि दाहालले वडाले गरेको व्यवस्था अनुसार कृषकहरुले सहज ढङ्गले काम गरिरहेको बताउनुहुन्छ ।
खेतबारीको बाली भित्र्याउन मात्र नभइ उत्पादन भएका कृषि बाली बिक्रीका लागि पनि पालिकाहरुले विशेष व्यवस्था गरेको जनाएका छन् । तुलसीपुर उपमहानगरपालिकाले कृषकले उत्पादन गरेका तरकारीलगायतका वस्तुहरु दैनिक रुपमा बिहान तीन घण्टा बिक्री गर्न पाइने तर भारतलगायत अन्य स्थानबाट कृषिजन्य वस्तुहरु आयातमा पूर्णरुपमा रोक लगाइएको जनाएको छ । कार्यपालिकाको बैठक नै बसेर तुलसीपुर उपमहानगरले भारतबाट कृषिजन्य वस्तुहरु आयात गर्न नदिने तर पालिकाभित्रका कृषकले उत्पादन गरेका वस्तुहरु सहज ढङ्गले बिक्री गर्न दिने निर्णय गरेको हो ।
पालिकाको निर्णय उल्लङ्घन गरेको भन्दै तुलसीपुरको तरकारी बजारमा पु-याइएका भारतीय गाडीलाई प्रहरीकोमा बुझाइ गाडीका स्टाफ र भारतबाट ल्याइएको तरकारी बिक्री गर्नेलाई तुलसीपुरका व्यवसायीहरुलाई क्वरेण्टीनमा राखिएको उपमहानगरले जनाएको छ । उपमहानगरले भारतीय तरकारी भित्रिएको बजारलाई नै सिल गरेको छ ।
दाङ जिल्लामा अहिले १२ हजार ६ सय ३० हेक्टर जमिनमा गहुँ खेती भएको कृषि ज्ञान केन्द्र जनाएको छ । आर्थिक वर्ष २०७४/७५ भन्दा यस वर्ष ३० हेक्टर बढी क्षेत्रफलमा गहुँ खेती भएको र २६ हजार पाँच सय ७० मेट्रिक टन उत्पादन हुने अनुमान कृषि ज्ञान केन्द्र दाङको छ ।
दाङका १० वटै पालिकामा गहुँ खेती हुने गरेको छ । सबै पालिकाका कृषकहरु अहिले गहुँ बाली काट्न र भित्र्याउन व्यस्त छन् । साथै मौसममा आउने फेरबदलले उनीहरु बाली भित्र्याउन हतारिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।