रुपन्देहीका कोरोना सङ्क्रमितको बुटवलमा उपचार सुरु

 बैशाख ३०, २०७७ मंगलबार ९:३८:३५ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीमा कोरोना सङ्क्रमण देखिएका ६ जनाको बुटवलमा रहेको कोरोना बिशेष अस्पतालमा उपचार थालिएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना विशेष अस्पतालमा रुपन्देहीका ५ र कपिलवबस्तुका १७ गरी २२ जना सङ्क्रमितकको उपचार भइरहेको छ । उनीहरु मध्ये ३ जनाले पहिलो ज्वरो आएको ताएपनि अहिले भने उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको कोरोना फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिनुभयो । 

कोरोना पुष्टि भएपछि सोमबारराती नै उनीहरुलाई बुटवल ल्याइएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्र गिरीले जानकारी दिनुभयो । उनीहरुको कन्ट्याक टे«सिङ्ग गर्न आज स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिदैछ ।

लुम्बिनी सास्कृतिक नगरपालिकाका २ जना र सम्मरीमाई गाउँपालिकाका ४ जनामा सोमबार कोरोना पुष्टि भएको थियो । उनीहरुमध्ये लुम्बिनीको क्वरेन्टीनमा रहेका २ जना सिधै क्वारेन्टीनमा आएका र सम्मरीमाईका ४ जनामध्ये १ जना घरपरिवारको सम्पर्कमा आएको प्रारम्भिक जानकारी छ ।

तर प्रारम्भिक जानकारी अन्तिम नहुने भएकाले उनीहरुको कन्ट्याक टे«सिङ्ग गरिने स्वास्थ्य कार्यालयले बताएको छ । उनीहरुको स्वाव वैशाख २७ गते संकलन गरिएको थियो । त्यो दिन उनीहरु भारतबाट चोरीबाटो हुदै नेपाल आएको ३ दिन भएको थियो ।

अहिले रुपन्देहीका विभिन्न क्वरेन्टीनमा रहेका ५ सय ४२ जनाको नमुना संकलन गरिएको छ । खासगरी भारत र तेश्रो मुलुकबाट आएका व्यक्तिहरुलाई बढि प्राथमिकतामा राखेर स्वाबको नमुना संकलन थालिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्र गिरीको भनाई छ ।

अहिले रुपन्देहीका ८२३ जना क्वरेन्टीनमा रहेका छन् । भारतले सीमा सुरक्षा अव खुकुलो बनाएपछि लुकिछिपी नेपाल प्रवेश गर्नेहरुको संख्या बढ्न थालेको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया