दाङ : सडक दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गयो

 जेठ १, २०७७ बिहिबार १०:११:४५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ भने मोटरसाइकलकाे पछाडि बसेका व्यक्ति गम्भीर घाइते भएका छन् ।

दाङको घोराही -तुलसीपुर सडकखण्डको नारायणपुर जलौरा चोकमा पर्सेनीबाट घोराहीतर्फ आउदै गरेको रा ५ प ३६८८ नम्बरको मोटरसाइललाई ना ३ च ५९४५ नम्बरको पि अप भ्यानले बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक तुलसीपुर ७ का ३१ वर्षका विशाल थापाको ज्यान गएको हो ।

मोटरसाइकलकाे पछाडि बसेका त्यसै ठाँउका १३ वर्षीय हक्की पुन गम्भीर घाइते हुनुभएको छ । घाइते पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक प्रेम रेग्मीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया