बझाङमा क्वरेण्टीनमा बसेका युवा विद्यालयकाे पर्खाल लगाउन जुटे

 जेठ १०, २०७७ शनिबार २०:५३:२३ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – लामो समय भारतका विभिन्न क्वरेण्टीनमा बसेर बझाङ आएका युवाहरु विद्यालयकाे पर्खाल लगाउन जुटेका छन् ।

एक हप्ता अगाडि भारतका रामपुरबाट उद्धार गरिएका युवाहरुले थलारा गाँउपालिका २ मा पर्ने शारदा उमाविको प्राङ्गण वरिपरि घेराबार लगाएका हुन् । विद्यालयको वरिपरि घेरबार नभएकाे कारण विद्यालय नजिकैबाट ढुङ्गा बोकेर पर्खाल लगाउन लागिएको क्वरेण्टीनमा बसेका युवा रागबराज बानियाँले जानकारी दिनुभयो ।

विद्यालयमा पर्खाल नहुँदा गाउँबाट विद्यालय सञ्चालन भएको समयमा समेत पशु चौपाया विद्यालयको प्राङ्गणमा आउने समस्या थियो । आफ्नो गाउँ-ठाउँकाे विद्यालयमा सानो सहयोग गरेकाे अर्का युवा भरत थापाले बताउनुभयो । जो कोहीले पनप क्वरेण्टीनमा बस्दा केही न केही सकारात्मक तथा नयाँ काम गर्नु जरुरी रहेको युवाहरुको भनाइ छ । 

दिनभरि क्वरेण्टीनमा तास खेलेर दिन बिताउनुभन्दा समाजको विकास हुने र लामो समयसम्म सम्झनासमेत रहने खालको काम गर्नुपर्ने उनीहरुको भनाइ छ । अहिले पर्यात मात्रामा औजार नभएका कारण भने जति काम गर्न नसकिएको र जनप्रतिनिधिहरुसँग आफूहरुले औजार माग गरेको उनीहरुले बताएका छन् ।   

उनीहरुले विद्यालयको शाैचालयसमेत पुनर्निर्माण गर्ने योजना बनाएका छन् । थलारा गाँउपालिका २ का वडाध्यक्ष हेमराज खड्काले आवश्यक औजार उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिनुभयो । भारतको रामपुरबाट आएका उनीहरुसँग ३९ जना युवासहित महिला तथा बालबालिका गरेर यस विद्यालयमा ६८ जना रहेका छन् । थप शनिबार वडा नम्बर एक र दुईका गरेर भारतबाट मात्रै १०२ जना यहाँ पुगेको र उनीहरुको व्यवस्थापन गर्न गाँउपालिका लागि परेकोसमेत उहाँले जानकारी दिनुभयो । 
 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया