मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको ज्यान गयो
बैशाख ११, २०८१ मंगलबार
जुम्ला - भारत र जिल्ला बाहिरबाट आएका चन्दननाथ नगरपालिकाका १२ जना र तातोपानी गाउँपालिकाका २३ जना क्वरेन्टीन व्यवस्थापन नहुँदा गाउँ छिरेका छन् ।
स्थानीय अमर बहादुर रोकायाका अनुसार ८, १० जना गैरागाउँतिर लागेका, केही छिनातिर लागेका थिए ।
जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय कार्यान्वयन हुन नसकेको कारण क्वरेन्टीन व्यवस्थापनमा समस्या आएको हो । टोलीसँगै आएका गुठिचौर गाउँपालिकाका ५ जनालाई भने गाउँपालिकाले क्वरेन्टीनमा लगेको जानकारी प्राप्त भएको छ ।
अहिले बाहिरबाट आएका मानिसहरुमा कोरोना सङ्क्रमणको जोखिम रहेकाले उनीहरु बस्ने व्यवस्था नभएर गाउँ छिरेपछि जुम्लामा त्रास फैलिएको छ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।