खोटाङ : ऐँसेलुखर्क गाउँपालिकामा लगाइएकाे ‘सिल’ खुला

 जेठ २१, २०७७ बुधबार १६:६:१३ | दमन राई
unn.prixa.net

खोटाङ - आरडीटी रिपोर्ट पोजिटिभ देखिएका ७ सहित १९ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि खोटाङको ऐसेँलुखर्क गाउँपालिकाको सिल खुला गरिएको छ । 

आरडीटी परीक्षणका क्रममा पोजिटिभ रिपोर्ट देखिएका सात जना र शंकास्पद व्यक्तिको स्वाब संकलन गरेर पीसीआर टेष्टमा पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ देखिएपछि बुधबारदेखि सिल खुला गरिएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताउनुभयो ।

 पहिलो दिन दुई जना र दोश्रो दिन पाँच जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुसहित शंकास्पद व्यक्तिको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौ पठाइएको थियो । 

पीसीआर रिपोर्ट नेगेटिभ देखिएसँगै गाउँपालिकामा फैलिएको त्रास सामान्य बन्दै गएको छ । आरडीटी रिपोर्ट पोजिटिभ देखिएपछि गाउँपालिकाले अर्को आदेश नआएसम्मका लागि गाउँपालिकामा सवारी साधन आवत-जावत, व्यापार व्यवसाय सञ्चालन लगायतका गतिविधिमा रोक लगाएको थियो । 

आरडीटी रिपोर्ट पोजिटिभ देखिपछि बन्द गरिएको गाउँपालिकाबाट प्रवाह हुने सबै सेवालाई सुरु गराइएको अध्यक्ष निरौलाले बताउनुभयो । पहिलो दिन ४९ जनाको आरडीटी परीक्षण गर्दा दुई जना र दोश्रो दिन ५३ जनाको आरडीटी परीक्षण गर्दा पाँच जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया