डोटीको क्वरेन्टीनमा रहेका एक युवकको ज्यान गयो, स्वाब संकलन गरिंदै

 जेठ २५, २०७७ आइतबार ९:४०:५२ | विमल बिष्ट
unn.prixa.net

 डोटी - डोटीको केआईसिंह गाउँपालिकाको धिमे माध्यमिक विद्यालय वाइलमा निर्माण गरिएको क्वरेन्टीनमा बसेका एक युवकको ज्यान गएको छ । 

केआईसिंह गाउँपालिकाको वडा नम्बर ३ का १९ वर्षीय युवकको आइतबार बिहान ज्यान गएको हो । उनी जेठ २० गते भारतबाट आएर क्वरेन्टीनमा बसेका थिए । 

ज्यान गुमाएका युवकमा कोरोना भए-नभएकोबारे परीक्षणका लागि स्वाबको नमुना संकलन गर्न चिकित्सक टोली क्वरेन्टीनमा पुगेको गाउँपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया