थन्किएका गाडी गुडाउन गर्नुपर्ने आवश्यक तयारी र मर्मतका लागि सिप्रदीले दिएका सुविधा

 भदौ ३०, २०७७ मंगलबार १८:७:३४ | मल्लिका थापा
unn.prixa.net

काठमाण्डाै – काेरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न भन्दै सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण ६ महिनादेखि नचलेका लामो दुरीका सार्वजनिक गाडी असोज ५ गतेदेखि चल्ने भएका छन् ।

तर लामो समयसम्म नचलेका यस्ता गाडी आवश्यक तयारी नगरि चलाइहाल्न नमिल्ने विज्ञहरु बताउँछन् । ६ महिनासम्म नचलेका यस्ता गाडी चलाउन कस्तो तयारी आवश्यक पर्छ भन्ने विषयमा सिप्रदी ट्रेडिङ प्रालीकाे कस्टुमर केयर शाखाका चिफ म्यानेजर अरुणकुमार शाहले केही टिप्स दिनुभएको ।

१. कोरोना भाइरस फैलिन नदिन गाडीलाई स्यानिटाइज गर्ने ।
२. बाह्य वस्तुको प्रवेशबाट हुन सक्ने सम्भावित खतराको लागि एअर इनटेक प्रणालीको जाँच गरौँ । 
३. इन्टर कुलर तथा रेडियटरमा कतै लिकेज भएको छ कि ? जाँच गरौँ ।
४. गाडीको ब्याट्रीको अवस्था जाँच गरौँ र यदि चार्ज नभएमा चार्जिङ स्टेशनमा लगेर चार्ज गरौँ ।
 ५. पावर स्टेरिङ पम्प, कन्टेनर र हाइड्रोलिक आयलको लेभल तथा लिकेज जाँच गरौँ ।
६. कुलेन्टको लेभललाई चेक गर्नुहोस् र यदि कम भएमा अधिकतम लेभलसम्म पुग्ने गरी थप गर्नुहोस् ।
७. रबर पाइप तथा होजहरुको अवस्था चेक गर्नुहोस् ।
८. टायरको अवस्था चेक गर्नुहोस् र सही टायर प्रेसरलाई कायम राख्नुहोस् ।
९. डीप स्टिकले इन्जिन आयलको लेभल चेक गरौँ र यदि कम भएमा थप गरौँ । इन्जिन आयलको लेभल चेक गर्दा गाडी समान सतहमा हुनुपर्छ ।
१०. गाडीको इन्जिन स्टार्ट गरी कुनै असामान्य आवाज छ कि चेक गरौँ । गाडी स्टार्ट गरेको केही समयसम्म आरपीएम बढाउनु हुँदैन तथा इन्जिन बन्द गर्ने बेलामा पनि आरपीएम बढाउनु हुँदैन ।

सिप्रदीले आफ्ना ग्राहकको गाडी मर्मतका लागि गरेको विशेष व्यवस्था

टाटा गाडीको वारेन्टी अवधि नाघिसकेका पुराना टाटा व्यावसायिक गाडीहरुको पनि सिप्रदी वा आधिकारिक सर्भिस सेन्टरहरुमा गइ गाडी मर्मत गर्दा वारेन्टी सुविधा दिइएको छ । टाटाका व्यावसायिक गाडीका ग्राहकहरुलाई गुणस्तरीय सेवाको प्रत्याभूति प्रदान गर्नुका साथै ग्राहकहरुको गाडी सञ्चालन खर्चलाई न्यूनीकरण गरी प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले फेरिएका टाटा जेन्युइन स्पेर पार्टसहरुमा ६ महिना वारेन्टी सुविधा प्रदान गरिएको हो ।

यस्तै लकडाउन अवधिको लागि नेपालभर सिप्रदीले २३ वाट आफ्नै सर्भिस सेन्टर, १० वटा आधिकारिक सर्भिस सेन्टर, १९ वटा सर्टिफाइड ग्यारेजबाट उच्च सुरक्षा विधि अपनाएर गाडी सर्भिस तथा मर्मत सेवा दिइरहेको छ । 

यसैगरी गाडी पार्किङ गरेकै ठाँउमा सिप्रदीको प्राविधिक टोली गएर मर्मत गर्ने व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ । लकडाउनका कारण व्यवसाय अघि बढाउन नसक्ने अवस्थाका व्यवसायीलाई गाडी मर्मतमा, स्पियर पार्ट्समा, ज्यालालगायतमा सहुलियत दिने सिप्रदीको तयारी छ ।

कम्पनीले वर्कशपमा भिडभाड कम गरी समाजिक दुरी कायम राख्नका निम्ति २४ घण्टा उपलब्ध हुने टोल फ्री फोन सेवा, सिप्रदी मोबाइल एप्स, सामाजिक सञ्जालमार्फत प्रि सर्भिस बुकिङकाे व्यवस्था समेत गरेको छ । शेड्युल सर्भिसिङ वा अन्य सेवाको लागि नजिकको सिप्रदी वर्कशपमा वा टोल फ्री नम्बर १६६००१५५७७७ (नेपाल टेलिकम) वा ९८०१५७५७७७ (एनसेल) मा  सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

कोरोनाको जोखिम कम गर्न सिप्रदीले अपनाएको सुरक्षा सतर्कता

कम्पनीले वर्कशपमा एउटा गाडीमा एक जना मात्र आउनका लागि आफ्ना ग्राहकलाई अनुरोध गरेको छ । कम्पनी वा वर्कशपमा बढी भिड नहोस् भनेर प्रि बुकिङ सर्भिसलाई विशेष प्राथमिकतामा राखिएको छ । कम्पनीमा रहेका सुरक्षा गार्डले सबै कर्मचारी तथा ग्राहकको ज्वरो नापेर मात्र भित्र पस्न दिने व्यवस्था छ ।

यस्तै भाइरस सङ्क्रमणको सम्भावित जोखिमका ठाउँहरु समयसमयमा स्यानिटाइज गरिने गरिएको छ । सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड समेत कडाइका साथ पालना गर्दै मास्कको प्रयोग, भौतिक दुरी कायम गरेर काम गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया